२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

ओलीले कर्णालीको उपसचिव पद्मा खड्का नै हुन् भनेपछि सबै चुपचाप

Logo
हिरोनेपाल प्रकाशित आइतबार, माघ ०७, २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको उपसचिव पद्मा खड्का नै आधिकारिक बन्ने भएकी छन् । लामो समयसम्म उपसचिवका विषयमा विवाद चुलिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधानअनुसार खड्का नै उपसचिव बहाल हुने प्रतिक्रिया दिएका छन् ।

‘पाँच जनामध्ये एक जना महिला हुनैपर्छ भन्ने थाहा भएकै कुरा हो । थाहा नभएको भए थाहा पाउनुपर्छ, यस हिसाबले अब त्यसमा कुनै समस्या छैन्,’ ओलीले भने । ओलीले निर्वाचनको समयमा कोटामा सर्वाधिक मत प्राप्त गरेर विजयी भएको मान्छे आफ्नो कोटामा स्वतः जाने कुरालाई कसैले रोक्न नसक्ने प्रस्ट पारे ।

२२ कात्तिकमा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले १० देखि १५ असोजमा सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएका रमेशकुमार शाहीलाई जिम्मेवारीबाट मुक्त गरी पद्मा खड्कालाई बहाल गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष मण्डलले तयार पारेर दिएको पद संख्या र निर्वाचित हुने समूह ९क्लस्टर० अनुसार निर्वाचन कमिटीले दुवै जना पुरुष उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

उक्त घोषणामा विमती जनाउँदै समावेशी कलस्टरबाट आफू उपसचिव बन्न पाउनुपर्ने भन्दै खड्काले पार्टी केन्द्रमा उजुरी दिएकी थिइन् ।
तर, बुधबार बसेको एमाले केन्द्रीय निर्वाचन आयोगको बैठकले निर्वाचन परिणाम, पार्टी विधान, निर्वाचनसम्बन्धी नियमावली, निर्वाचनसम्बन्धी सामान्य अभ्याससमेतका आधारमा रमेशकुमार शाही नै वैधानिक उपसचिव भएको ठहर गर्दै केन्द्रीय सचिवालयको परिपत्र खारेज गरिदिएको थियो ।

उपसचिव पदका लागि उम्मेदवार बनेका नौमध्ये दुई जना महिला सुर्खेतकी पद्मा खड्का र जुम्लाकी मेनका पछाईं थिए । तीमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने दैलेखका रवीन्द्रराज शर्मा र कालीकोटका रमेशकुमार शाहीलाई निर्वाचन कमिटीले विजयी घोषणा गरेको थियो । यस विषयलाई लिएर एमाले कर्णालीमा चरम असन्तुष्टि पैदा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो। प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ […]