०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

उपचारमा सहयोग गरीदिन परिवारको आग्रह

Logo
दिलिप कडेल प्रकाशित शनिबार, माघ ०६, २०८०

सुर्खेत । सुर्खेतकाे पञ्चपुरी नगरपालिका–६ का मनिराम बयक गत पुष १९ गते भिरबाट लडेर घाइते भई थला परेको हुँदा उपचारका लागि सहयोग गरीदिन परिवारले आग्रह गरेका छन्। उनको फोक्सो र कलेजमा चोट लागि हिडडुल गर्न नसकी थला परेका हुन्।

उनको मुटु र कलेजमा गहिरो चोट परि अचेत अवस्थामा रहेको र उपचारको लागि अस्पताल भर्ना गर्दा अपरेसन गर्नै पर्ने डाक्टरको सल्लाह रहेको छ।

Exif_JPEG_420

हाल अर्धचेत अवस्थामा परिवारको हेरचाहमा रहेको मनिराम न त बोल्न सक्छन्, न त आफै खाना खान सक्छन्। परिवारको सहयोग मा खाना खाने मनिराम दिशापिसाब समेत परिवारको सहयोगमा गर्ने गर्छन्।

उनको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकोले हालसम्म सघन उपचार हुनसकेको छैन्। परिवारको मुली रहेका मनिरामको आज यस्तो अवस्था भए पछि उनको परिवारको धैर्यताको बाँधले थेग्न सक्ने अवस्था छैन्।

उनको आर्थिक अबस्था निकै कमजोर रहेको हुँदा उपचारमा सहयोग गरीदिन परीवारले आग्रह गरेका छन।

उपचारमा सक्दो सहयोग गरीदिनका लागि परिवारजनले देश बिदेशमा रहेका सम्पूर्ण मनकारी व्यक्तिमा अपिल गरेका छन।

सहयोगीदाता तथा मनकारी सहयोग गर्ने व्यक्तिले ईसेवा नम्बर अर्थात क्युआर कोडमार्फत सहयोग गरीदिन उनका दाइ मानबहादुर बयकले आग्रह गरेका छन्।

सहयोगका लागि ९८४८२९१४७६ मा पनि फोन गर्न सकिने उनका दाइ मानबहादुरको भनाइ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]