०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

उपचारमा सहयोग गरीदिन परिवारको आग्रह

Logo
दिलिप कडेल प्रकाशित शनिबार, माघ ०६, २०८०

सुर्खेत । सुर्खेतकाे पञ्चपुरी नगरपालिका–६ का मनिराम बयक गत पुष १९ गते भिरबाट लडेर घाइते भई थला परेको हुँदा उपचारका लागि सहयोग गरीदिन परिवारले आग्रह गरेका छन्। उनको फोक्सो र कलेजमा चोट लागि हिडडुल गर्न नसकी थला परेका हुन्।

उनको मुटु र कलेजमा गहिरो चोट परि अचेत अवस्थामा रहेको र उपचारको लागि अस्पताल भर्ना गर्दा अपरेसन गर्नै पर्ने डाक्टरको सल्लाह रहेको छ।

Exif_JPEG_420

हाल अर्धचेत अवस्थामा परिवारको हेरचाहमा रहेको मनिराम न त बोल्न सक्छन्, न त आफै खाना खान सक्छन्। परिवारको सहयोग मा खाना खाने मनिराम दिशापिसाब समेत परिवारको सहयोगमा गर्ने गर्छन्।

उनको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकोले हालसम्म सघन उपचार हुनसकेको छैन्। परिवारको मुली रहेका मनिरामको आज यस्तो अवस्था भए पछि उनको परिवारको धैर्यताको बाँधले थेग्न सक्ने अवस्था छैन्।

उनको आर्थिक अबस्था निकै कमजोर रहेको हुँदा उपचारमा सहयोग गरीदिन परीवारले आग्रह गरेका छन।

उपचारमा सक्दो सहयोग गरीदिनका लागि परिवारजनले देश बिदेशमा रहेका सम्पूर्ण मनकारी व्यक्तिमा अपिल गरेका छन।

सहयोगीदाता तथा मनकारी सहयोग गर्ने व्यक्तिले ईसेवा नम्बर अर्थात क्युआर कोडमार्फत सहयोग गरीदिन उनका दाइ मानबहादुर बयकले आग्रह गरेका छन्।

सहयोगका लागि ९८४८२९१४७६ मा पनि फोन गर्न सकिने उनका दाइ मानबहादुरको भनाइ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]