०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

कान्छो सहसचिव बने काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्।

परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो।

मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए।

सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो।

काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि छानबिन भइरहेको छ।

नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो।

उनको छानबिन चलिरहँदा मेयर शाहले अधिकारीलाई बिदामा बस्न भनेका छन्। मन्त्रालय स्रोतका अनुसार अधिकारीको मधेसी आयोगमा सरुवा गरिएको छ।

‘उहाँ (परियार)सहित तीनजनाको नाम पनि सिफारिस भएको थियो,’ स्रोतले भन्यो, ‘युवा उमेर र काम गर्नसक्ने क्षमता देखेपछि परियारलाई मेयर शाहकै इच्छाअनुसार काठमाडौँ महानगर पठाइएको हो।’

परियारलाई महानगरमा ल्याउन मेयर शाहले पनि चाहना राखेका थिए।

महानगरपालिकाका सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा अधिकारीमाथि छानबिन पनि भइरहेको छ।

उक्त समितिलाई आगामी माघ १६ गतेसम्ममा प्रतिवेदन बुझाउने म्याद दिइएको छ।

परियार देशकै कान्छो सहसचिव हुन्।

परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ। २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोकसेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो।

उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन्। उनले १ वर्ष नायब सुब्बा र ८ वर्ष शाखा अधिकृतको रुपमा काम गरेका थिए।

परियार २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए।

स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन्।

सोमबार स्वागत गर्दै महानगर

महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ। ‘उहाँलाई सोमबार कार्यालय बोलाउनेगरी तयारी अघि बढेको छ,’ मेयर शाहको सचिवालय स्रोतले भन्यो।

परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन्।

एक कर्मचारीले भने, ‘मेयर साबजस्तै उत्साह बोकेको अधिकृत पाउँदा हामीलाई पनि काम गर्न सहज हुने आशा राखेका छौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]