०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

कान्छो सहसचिव बने काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्।

परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो।

मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए।

सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो।

काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि छानबिन भइरहेको छ।

नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो।

उनको छानबिन चलिरहँदा मेयर शाहले अधिकारीलाई बिदामा बस्न भनेका छन्। मन्त्रालय स्रोतका अनुसार अधिकारीको मधेसी आयोगमा सरुवा गरिएको छ।

‘उहाँ (परियार)सहित तीनजनाको नाम पनि सिफारिस भएको थियो,’ स्रोतले भन्यो, ‘युवा उमेर र काम गर्नसक्ने क्षमता देखेपछि परियारलाई मेयर शाहकै इच्छाअनुसार काठमाडौँ महानगर पठाइएको हो।’

परियारलाई महानगरमा ल्याउन मेयर शाहले पनि चाहना राखेका थिए।

महानगरपालिकाका सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा अधिकारीमाथि छानबिन पनि भइरहेको छ।

उक्त समितिलाई आगामी माघ १६ गतेसम्ममा प्रतिवेदन बुझाउने म्याद दिइएको छ।

परियार देशकै कान्छो सहसचिव हुन्।

परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ। २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोकसेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो।

उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन्। उनले १ वर्ष नायब सुब्बा र ८ वर्ष शाखा अधिकृतको रुपमा काम गरेका थिए।

परियार २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए।

स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन्।

सोमबार स्वागत गर्दै महानगर

महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ। ‘उहाँलाई सोमबार कार्यालय बोलाउनेगरी तयारी अघि बढेको छ,’ मेयर शाहको सचिवालय स्रोतले भन्यो।

परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन्।

एक कर्मचारीले भने, ‘मेयर साबजस्तै उत्साह बोकेको अधिकृत पाउँदा हामीलाई पनि काम गर्न सहज हुने आशा राखेका छौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]