०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सशस्त्र प्रहरीका १९ मध्ये १२ जनाको नाम वरिष्ठ उपरीक्षकका लागि बढुवा सिफारिस

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, साउन ३२, २०८०

सशस्त्र प्रहरी बलले रिक्त १२ पदका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेकाे छ।

नाम सिफारिस हुने सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षक रहेका छन्।

उनीहरु २०७५ चैत १५ गते सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए।

त्यही सिलसिलेवार संख्याको दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएको थियो। बिहीाबर बढुवा सिफारिस भएका सबै पहिलो चरणमा बढुवा भएका मात्रै परेका छन्।

उक्त समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन्। बाँकी १९ मध्ये बिहीबार १२ जनाको नाम बढुवामा सिफारिस भएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा बढुवा लगायतमा सुधार गर्दै पारदर्शीता अपनाउने कोसिस गरेका छन्।

साउनमा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।

यस पटक ओएण्डएम नभएको भए जम्मा ४ जनामात्रै एसएसपीमा बढुवा हुने अवस्था थियो। डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने थियो।

महानिरीक्षक अर्यालले उक्त समस्या समाधान गर्न पहल गरेपछि बढुवाको जाम हटेको हो।

संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो।

सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए।

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृत एकै पटक बढुवा हुने भएका छन्। बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।

हाल भएका सबै दर्जाको बढुवामासमेत बाहिरी प्रभाव लगभग शून्य भएको छ।

कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख बढुवासम्बन्धी आधारलाई ख्याल गरिएको सशस्त्र प्रहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]