२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

सशस्त्र प्रहरीका १९ मध्ये १२ जनाको नाम वरिष्ठ उपरीक्षकका लागि बढुवा सिफारिस

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, साउन ३२, २०८०

सशस्त्र प्रहरी बलले रिक्त १२ पदका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेकाे छ।

नाम सिफारिस हुने सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षक रहेका छन्।

उनीहरु २०७५ चैत १५ गते सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए।

त्यही सिलसिलेवार संख्याको दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएको थियो। बिहीाबर बढुवा सिफारिस भएका सबै पहिलो चरणमा बढुवा भएका मात्रै परेका छन्।

उक्त समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन्। बाँकी १९ मध्ये बिहीबार १२ जनाको नाम बढुवामा सिफारिस भएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा बढुवा लगायतमा सुधार गर्दै पारदर्शीता अपनाउने कोसिस गरेका छन्।

साउनमा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।

यस पटक ओएण्डएम नभएको भए जम्मा ४ जनामात्रै एसएसपीमा बढुवा हुने अवस्था थियो। डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने थियो।

महानिरीक्षक अर्यालले उक्त समस्या समाधान गर्न पहल गरेपछि बढुवाको जाम हटेको हो।

संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो।

सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए।

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृत एकै पटक बढुवा हुने भएका छन्। बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।

हाल भएका सबै दर्जाको बढुवामासमेत बाहिरी प्रभाव लगभग शून्य भएको छ।

कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख बढुवासम्बन्धी आधारलाई ख्याल गरिएको सशस्त्र प्रहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन) जाँदा थप कागजात अनिवार्य गरिएको छ । वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने भएको छ । तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा राख्न अनुरोध […]

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो । विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा […]

प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रो मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधन प्रक्रिया अघि बढाउने संकेत दिएका छन्। सरकारले राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। यद्यपि, प्रधानमन्त्री शाहले यो निर्णय अघि अन्य दलहरूसँग औपचारिक छलफल गरेका छैनन्। […]