०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

एक्सो व्यवस्थापन ठेक्कामा बदमासी गरेको आरोप

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, माघ ०४, २०८०

सुर्खेत । ‘कर्णाली एक्सपो-२०८०’ सञ्चालनको जिम्मा पाएको सुर्खेत उद्योग वाणिज्य संघले एक्सो व्यवस्थापन ठेक्कामा बदमासी गरेको आरोप लागेको छ ।

एक्सपो सञ्चालनका लागि मूल आयोजक बनेको संघले मेला व्यवस्थापनको सेवा खरिद गर्दा प्रचलित कानून र प्रावधानलाई लत्याउँदै प्रतिस्पर्धीलाई बेवास्ता गरेर आफूखुसी आशयपत्र स्वीकृत गरेको आरोप लागेको हो ।

एक्सो व्यवस्थापन साझेदारका लागि भन्दै ठेक्का आहृवान गरेपछि संघलाई इमेल र प्रत्यक्ष गरी ६ वटा आशयपत्र प्राप्त भएको थियो, जसमा सबैभन्दा कम ५० लाख र बढी ८१ लाख ५० हजार ५५५ रुपैयाँको थियो । तर, संघले नियमअनुसार सबैभन्दा बढी ८१ लाखको आशयपत्र स्वीकृत गर्नुपर्नेमा ६१ लाख रुपैयाँ कबोल गरिएको आशय पत्रलाई छनोट गरेको छ ।

संघले हेटौंडाको कम्पनी ओम शक्ति मूर्ति इभेन्ट एन्ड म्यानेजमेन्टलाई ठेक्का दिएको छ । उक्त कम्पनीले ६० लाख ६ हजार ६६६ रुपैयाँ कबोल गरेर आशयपत्र पेस गरेको थियो । तर पछि उक्त फर्मको आशयपत्रमा एक लाख रुपैयाँ बढाएर छनोट गरिएको छ ।

उक्त कम्पनी र मूल आयोजक सुर्खेत उद्योग वाणिज्य संघबीच ठेक्का आहृवान गर्नुअघि नै छनोटको लागि चलखेल भएको आरोप छ ।

संघले आशयपत्र आहृवान गरेपछि बाँकेको एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५५५ रुपैयाँ कबोल गरेर आशयपत्र दिएको थियो । तर उक्त कम्पनीलाई भने छनोट गरिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]