२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

रामकुमारी झाँक्री एमालेमा फर्किने चर्चा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, साउन ३२, २०८०

काठमाडौंः नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ।

 

बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो। नेकपा एसकी सचिव समेत रहेकी झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’

 

एमाले विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री पछिल्लो समय पार्टीमा सक्रिय छैनन्। उनी एमाले फर्किन लागेको पनि चर्चा छ।

झाँक्रीले केन्द्रीय सचिवजस्तो जिम्मेवारी पाउँदासमेत पार्टी निर्माणको काममा नलागेको भन्दै अध्यक्ष नेपालसहित नेतृत्वपंक्ति पनि सन्तुष्ट छैन। पछिल्लो समय नेकपा एसका नेताहरु एमालेमा फर्किने क्रम बढिरहेको बेलामा नेता भट्टराई र झाँक्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]