०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

मलेसियामा आन्दोलित कामदार, त्रीपक्षिय सहमति पछी फर्किए पुन काममा ।

Logo
संबाददाता प्रकाशित मंगलबार, माघ ०२, २०८०

मलेसिया। मलेसियाको पुचुङ मा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न ।

पुरानो बानेश्वर बत्तिसपुतली स्थित Rhythm overseas लागैत तिनवाट मेनपावर बाट मलेसिया पुगेका ९० जना भन्दा बढी जनही ३ लाख ५० हजार सम्म तिरेर गएका कामदारहरु माथी रोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको बेतुप मा स्वदेश फिर्ता गरिदेने धम्की दिएको क्षमता भन्दा बडि काम लगाएको भन्दै गत सोमबार दूतावास पुगेका कामदार लाई रोजगार दाताले अभद्र व्यबहार नगरेक्क र काम मा पनि केही हद सम्म सजिलो पार्छु भन्ने मौखिक सम्झौताका आधारमा कामदार हरु काम मा फर्किएका थिए ।

पुनःरोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको कम्पनिले भनेको जति काम गर्न नसक्दा श्रमिकले पाउने मासिक पारिश्रमिक समेत कटाइदिने गरेको भन्दै आन्दोलित कामदार न्याय माग्दै आज राजदुतावास पुगेका थिए।

खानाको लागि प्रयोग हुने चराको गुण बनाउने उक्त कम्पनीमा पहिले जनही कार्यसमय भित्र 190 ग्राम पुर्याउनुपर्ने थियो कुनैपनी तरिकाले काम गर्दा समेत कम्पनिको टार्गेट पुर्याउन नसकिने कार्यभार दिएको भन्दै जनही कार्यसमय भित्र 130 ग्राम टार्गेट पुर्याउनुपर्ने रोजगारदाताले अभद्र व्यवहार नगर्ने सर्त सहित राजदुतावास क्वालालम्पुर को सभाहल मा राजदुतावासको रोहबरमा रोजगारदाता कम्पनी का HR , डिसियम मुदिता बज्राचार्य श्रमसंचारी ,दिलिप खंडका ,प्रथम सचिव बलिराम प्रसाद धामी ,सचिव प्रेम बहादुर बुढा ,पब्लिक रिलेसन अफिसर जय गिरी, आन्दोलित श्रमिकहरु र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष /उपाध्यक्ष बिनोद थापा , उपाध्यक्ष हेमराज साप्कोटा ,पत्रकार कृष्ण गुप्ता लगाएत को उपस्थितिमा मौखिक सम्झौता गरि कामदार हरु काम मा फर्किएका हुन ।

पटकपटक भएका दुव्र्यवहार र अन्तर्राष्ट्रिय श्रम नियम बिपरित ,दुई देश बिच भएको श्रम सम्झौता बिपरित गर्नुपरिरहेको काम ,विभिन्न खाल्का मानसिक टर्चर दिएमा कामदार लाई जे गर्दा पनि हुन्छ भन्ने बुझाइ रोजगारदाता कम्पनीको रहेमा वैदेशिक रोजगार बिभागमा ,मलेसिया स्थित लेवर कोडमा समेत उजुर गर्ने बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]