०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मलेसियामा आन्दोलित कामदार, त्रीपक्षिय सहमति पछी फर्किए पुन काममा ।

Logo
संबाददाता प्रकाशित मंगलबार, माघ ०२, २०८०

मलेसिया। मलेसियाको पुचुङ मा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न ।

पुरानो बानेश्वर बत्तिसपुतली स्थित Rhythm overseas लागैत तिनवाट मेनपावर बाट मलेसिया पुगेका ९० जना भन्दा बढी जनही ३ लाख ५० हजार सम्म तिरेर गएका कामदारहरु माथी रोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको बेतुप मा स्वदेश फिर्ता गरिदेने धम्की दिएको क्षमता भन्दा बडि काम लगाएको भन्दै गत सोमबार दूतावास पुगेका कामदार लाई रोजगार दाताले अभद्र व्यबहार नगरेक्क र काम मा पनि केही हद सम्म सजिलो पार्छु भन्ने मौखिक सम्झौताका आधारमा कामदार हरु काम मा फर्किएका थिए ।

पुनःरोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको कम्पनिले भनेको जति काम गर्न नसक्दा श्रमिकले पाउने मासिक पारिश्रमिक समेत कटाइदिने गरेको भन्दै आन्दोलित कामदार न्याय माग्दै आज राजदुतावास पुगेका थिए।

खानाको लागि प्रयोग हुने चराको गुण बनाउने उक्त कम्पनीमा पहिले जनही कार्यसमय भित्र 190 ग्राम पुर्याउनुपर्ने थियो कुनैपनी तरिकाले काम गर्दा समेत कम्पनिको टार्गेट पुर्याउन नसकिने कार्यभार दिएको भन्दै जनही कार्यसमय भित्र 130 ग्राम टार्गेट पुर्याउनुपर्ने रोजगारदाताले अभद्र व्यवहार नगर्ने सर्त सहित राजदुतावास क्वालालम्पुर को सभाहल मा राजदुतावासको रोहबरमा रोजगारदाता कम्पनी का HR , डिसियम मुदिता बज्राचार्य श्रमसंचारी ,दिलिप खंडका ,प्रथम सचिव बलिराम प्रसाद धामी ,सचिव प्रेम बहादुर बुढा ,पब्लिक रिलेसन अफिसर जय गिरी, आन्दोलित श्रमिकहरु र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष /उपाध्यक्ष बिनोद थापा , उपाध्यक्ष हेमराज साप्कोटा ,पत्रकार कृष्ण गुप्ता लगाएत को उपस्थितिमा मौखिक सम्झौता गरि कामदार हरु काम मा फर्किएका हुन ।

पटकपटक भएका दुव्र्यवहार र अन्तर्राष्ट्रिय श्रम नियम बिपरित ,दुई देश बिच भएको श्रम सम्झौता बिपरित गर्नुपरिरहेको काम ,विभिन्न खाल्का मानसिक टर्चर दिएमा कामदार लाई जे गर्दा पनि हुन्छ भन्ने बुझाइ रोजगारदाता कम्पनीको रहेमा वैदेशिक रोजगार बिभागमा ,मलेसिया स्थित लेवर कोडमा समेत उजुर गर्ने बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]