०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, माघ ०२, २०८०

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। मृतक युवकको शरीरिका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घर नजिकै रहेको कुवापानीमा भरतको शव फेला परेको जानकारी दिए।

उनले भने, ‘गएराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलाइृ जानकारी आएको थियो। खबर पाउन बित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटना शंकास्पद देखिएका कारण जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली आज बिहान (माघ–२) गते परिचालित गरिएको छ।’

यस्तै, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापा आफै खटिएका छन्। साथै एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर घटनाको विषयमा अनुसन्धान थालिरहेको छ।

प्रहरीका अनुसार मृतक युवकको शव घटनास्थलमै रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]