०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, माघ ०२, २०८०

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। मृतक युवकको शरीरिका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घर नजिकै रहेको कुवापानीमा भरतको शव फेला परेको जानकारी दिए।

उनले भने, ‘गएराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलाइृ जानकारी आएको थियो। खबर पाउन बित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटना शंकास्पद देखिएका कारण जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली आज बिहान (माघ–२) गते परिचालित गरिएको छ।’

यस्तै, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापा आफै खटिएका छन्। साथै एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर घटनाको विषयमा अनुसन्धान थालिरहेको छ।

प्रहरीका अनुसार मृतक युवकको शव घटनास्थलमै रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]