०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

बजेट निर्माणमा आमूल परिवर्तन गरिनेछ , प्रधानमन्त्री ‘प्रचण्ड’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, पुष २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने बताएका छन् । इतिहासमै पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइने उनकाे भनाइ छ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले बजेट वैधानिक र वस्तुवादी बनाएर संसद्मा अर्थमन्त्रीबाट पेस हुने जानकारी दिएका हुन ।

उनले भने, ‘अबको बजेट बनाउँदा पहिले सरकारमा छलफल गरिन्छ । अन्तिममा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो हुँदा जनताले के चाहन्छन् भन्ने कुरा पनि आउँछ । बजेटको सिलिङ बनाउँदा सबै कुरा सबैसँग छलफल गरिन्छ।’

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अघि नै व्यापक छलफल पनि गरिने प्रचण्डको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]