२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

बजेट निर्माणमा आमूल परिवर्तन गरिनेछ , प्रधानमन्त्री ‘प्रचण्ड’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, पुष २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने बताएका छन् । इतिहासमै पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइने उनकाे भनाइ छ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले बजेट वैधानिक र वस्तुवादी बनाएर संसद्मा अर्थमन्त्रीबाट पेस हुने जानकारी दिएका हुन ।

उनले भने, ‘अबको बजेट बनाउँदा पहिले सरकारमा छलफल गरिन्छ । अन्तिममा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो हुँदा जनताले के चाहन्छन् भन्ने कुरा पनि आउँछ । बजेटको सिलिङ बनाउँदा सबै कुरा सबैसँग छलफल गरिन्छ।’

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अघि नै व्यापक छलफल पनि गरिने प्रचण्डको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]