काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्। परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो। मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए। सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा […]
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ […]
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ । शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् । शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि २०८० चैत […]
चितवन । चितवन जिल्लाकाे रामपुरमा भोलिदेखि हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हाे । कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालकाे पहिलाे प्राविधिक विश्वविद्यालय हाे । विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सराेकारवाला समुदायहरुमा सुसुचित गरि […]
शरीरमा पानीको मात्रा कम हुँदा विभिन्न स्वास्थ्य समस्याहरु सिर्जना हुन्छन्। शरीरबाट निस्किएको पानीको मात्राभन्दा शरीरमा भएको पानीको कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ। शरीरमा पानीको कमी भयो भने कस्ता लक्षण देखिन्छन्? १. थकान पानीले शरीरलाई उर्जा दिन्छ। […]
काठमाडौँः सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत शिक्षक र मन्त्रालयबीच पाँचबुँदे सहमति भएको हो। सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ। परीक्षामा उत्तीर्ण भएका शिक्षक स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकलाई सरकारले आर्थिक प्याकेज दिनेछ। […]
सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन्। सङ्घीय राजधानी काठमाडौँमा बुधवारदेखि आन्दोलनमा उत्रेका शिक्षकहरूको आन्दोलनलाई कतिपयले जायज भन्दैछन् भने कतिपयले नाजायज भन्दैछन्। सामाजिक सञ्जालमा नागरिक न्युजले सेयर गरेकाे सडकमा शिक्षकको ‘हठ प्रदर्शन’ नामक शिर्षकको समाचारमा पाठकहरूले विभिन्न प्रतिक्रया दिएका छन्। जसमध्ये केही प्रतिक्रियालाई नागरिक न्युजले समेटेको छः नवराज दाहाल लेख्छन्ः शिक्षा […]
– कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ। परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए। […]