हिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् । उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् । ‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, […]
वीरगन्ज । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो । जिल्ला सरकारी […]
सुर्खेत । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरि श्रीमान पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा […]
घोराही । घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। […]
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई अदालतको अवहेलना हुने गरी बनाएको समाचार २४ घण्टाभित्र हटाउन र प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउन आदेश दिएको छ। स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएकोविरुद्ध आइतबार अदालतमा मुद्धा परेको थियो। उक्त मुद्धाको न्यायाधीश नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सुनाइ गर्दै समाचार हटाउन […]
काठमाडौं । काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न एक आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ । खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । […]
सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी […]
विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। मेलम्ची खानेपानी आयोजनामा अनियमितता सम्बनधी मुद्दामा विशेषले उपाध्यायसँग धरौटी रकम माग गरेको हो। उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए। खानेपानी मन्त्रालयका पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन्। गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसमेत १७ जनालाई […]
प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला लाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् । सरूमारानी गाउँपालिका-४ ओखरडाँडा […]
सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी […]