काठमाडौं । काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न एक आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ । खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । […]
सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी […]
विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। मेलम्ची खानेपानी आयोजनामा अनियमितता सम्बनधी मुद्दामा विशेषले उपाध्यायसँग धरौटी रकम माग गरेको हो। उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए। खानेपानी मन्त्रालयका पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन्। गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसमेत १७ जनालाई […]
प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला लाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् । सरूमारानी गाउँपालिका-४ ओखरडाँडा […]
सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी […]
काठमाडौं । डेढ किलो सुन र झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई काठमाडौँ- २४ को दुर्छेननी टोलबाट बिहीबार पक्राउ गरेको हो। उनीहरूको साथबाट एक केजी झण्डै ८ सय ग्राम (१ हजार ७ सय ६८ ग्राम) सुन र एक करोड ४३ लाख […]
रौतहट । जिल्ला अदालत रौतहटले जिल्लाको राजपुरमा भएको बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । गत २०६४ चैत २७ गते संविधानसभा निर्वाचनका बेला आलमका काका शेष इद्रिसिको गोठमा विस्फोट भएको थियो । सोही विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए […]
काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी हिरासतमै रहने भएका छन् । त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । उनले […]
नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक युवाले हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। काठमाडौँको कीर्तिपुर बस्ने […]
सुर्खेत । सल्यानको कुमाख गाउँपालिका ५ मा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको छ । हिजो ११ गते राती करिब १० बजेको समयमा झारकाँडा र कौछ्याको विचमा भएको ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक शेर बहादुर बस्नेतले जानकारी दिएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका ५ कौछ्याका […]