बारा– बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाईते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका हुन् । […]
काठमाडाैं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत […]
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्मबाट भ्रामक सूचना र गलत तथ्यहरूको प्रसार बढ्दै गइरहेको भन्दै साइबर ब्युरोले सजग रहन अनुरोध गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सर्वसाधारणलाई भ्रामक सूचनाबाट जोगिन तथा त्यस्ता सामग्री शेयर नगर्न अनुरोध गरेको हो । नागरिकहरू जानीनजानी यस्तो गतिविधिमा संलग्न हुँदा सामाजिक सद्भाव खलबलिने […]
काठमाडौँ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको […]
काठमाडौँ । अमेरिकामा बेपत्ता नर्स ममता भट्ट काफ्लेको हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ । तर प्रहरीले सिग्नल हिल पार्कमा गाडिएको आंशका गरेर खोजी सुरु गरेको छ । मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार राति सिग्नल हिल पार्कमा खोजी गरेको छ। श्रीमती बेपत्ता पारेको र शव लुकाएको […]
काठमाडौँ । काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला […]
हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन् । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो । […]
सुर्खेत । विरेन्द्रनगर नगरपालिकामा सञ्चालन भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका एस.एस.पि वीर बहादुर ओलिले कर्णालीमा हिंसा र दुर्व्यवहार जस्ता घटनाहरुको कमी छैन भनि बताउनु भएको छ । कर्णालीमा बर्ष पिच्छे घरेलु हिंसा देखि लिएर विभिन्न प्रकार घटना बढ्दै गएको छ ।यहाँ तराई मा धुरी जोडिएको छ अनि […]
काठमाडौं- बुढापाकाले त्यसै भनेका होइनन्, ‘यो कली हो कसैको भर गर्नु हुँदैन ।’ बुढापाकाहरूको यही उक्तिलाई पुष्टि गरिदिएका छन् पाँचपोखरी गाउँपालिका-२ सिन्धुपाल्चोकका कुलबहादुर खत्रीले । कुलबहादुरले साथी र प्रहरीको समेत प्रयोग गरेर आफ्नै भाञ्जाको घरबाट करोडौं लुटपाट गरेका छन् । भाञ्जाको घर लुटपाटको योजना बनाएका उनी अहिले फरार छन् । तर उनको योजनामा लुटपाटमा जुटेका […]