काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरे को हो। खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको […]
नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्। वडाध्यक्ष खनालको आक्रमणबाट आले र नेपाल सख्त घाइते भएका छन्। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आले र नेपाल स्याङ्जाको आँधिखोला नदीमा भएको चरम प्राकृतिक दोहन रोक्न […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा मुद्दा दर्ता भएको छ । रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी अहिले भैरहवा कारागारमा थुनामा छन् । सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता […]
जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा […]
कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]
फिल्म ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्। हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले अर्जुनमाथि हत्या नभएको अपराधी हत्याको सजाय र ११८ अन्तर्गत मुद्दा दायर गरेको बताएको छ। प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। ‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने। कास्की […]
धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। कैलालिको धनगढि उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई १ सय ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको प्रहरिले जनाएको छ।
धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सोमबार इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट मालाखेती बस्ने १८ वर्षीय एक किशोरलाई १ ग्राम ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ। उता कञ्चनरमा पनि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० सडकघाट, पिपलचौतारा नजिकै लागुऔषधसहित एक युवकलाई पक्राउ […]
काठमाडौँ । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै २ महिना बितिसक्दा पनि उनले कहाँ गएको र किन बेपत्ता भएकी भन्ने कुरा स्पष्ट हुन सकेको छैन। ममता बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टमाथि शंकास्पद गतिविधिहरूको आरोप लगाइएको छ। सरकारी वकिलहरूले जानकारी दिएका अनुसार, नरेश भट्टले ममताको शवका टुक्राहरू विभिन्न स्थानमा […]