काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पार्नुभएको हो । महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु […]
सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी […]
सुर्खेत । दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरि ६ जना किसान पुरस्कृत भएका हुन्। शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद रकमसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। पशु अस्पताल […]
सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्। ‘बिहान ९ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रका नेता गणेश साहले नेपालखबरसँग भने। कांग्रेससँग सत्ता सहयात्रा […]
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्। सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र […]
सुर्खेत । कोशेली घर तथा कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड तयारी तथा प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिमको सुरु भएको छ। सोमबारदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो। उक्त तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली प्राङ्गारिक कृषिका सम्भावना, कर्णालीको बजार प्रतिस्पर्धा रणनीति, हालसम्म प्रयोग […]
सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन्। मन्त्री शाहले शनिबार २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१को शुभकामना दिएका हुन्। मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ओगटेकोका धान बालीले […]
सुर्खेत । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रालयका प्रवक्ताहरुसँग बैठक गरेका छन्। कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएसँगै मन्त्री शाहले शुक्रबार ८ वटै मन्त्रालयका प्रवक्ताहरुसँग बैठक बसेका हुन्। मन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सरकारले गरेका गतिबिधिहरुको प्रचारप्रसार, प्रवक्ताहरुबीचको समन्वय तथा सहकार्य लगायतका विषयमा छलफल […]
सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेद्रपथको अनुसरण गरेको टिप्पणी गरेका छन्। सिरोहियालाई नागरिकताबारे धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले सामाजिक […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे। दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे। साेही पक्राउ पुर्जीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे। यता, सिरोहियाले आफ्नो पक्राउ […]