हेटौँडा: मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन्। मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
सशस्त्र प्रहरी बलले रिक्त १२ पदका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेकाे छ। नाम सिफारिस हुने सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षक रहेका छन्। उनीहरु २०७५ चैत १५ गते सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। त्यही सिलसिलेवार संख्याको दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएको थियो। बिहीाबर बढुवा सिफारिस […]
काठमाडौंः नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ। बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो। नेकपा एसकी सचिव समेत रहेकी झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’ एमाले […]
काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड […]
डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी हुन्। उनी मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन। माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि खोजि गरिएको थियो। खोजि गर्ने क्रममा उनको शव आज बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका […]
– कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ। परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए। […]
काठमाडौं– सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। यसअघि रोकिएको कित्ताकाट खुला गर्ने बताइए पनि प्रक्रिया नपुगेको भन्दै रोकिएको थियो। मंगलबारको मन्त्रिपरिषद् बैठकले भने सबै कित्ताकाट खुला गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए। कित्ताकाट खुला नहुँदा काठमाडौंका घरजग्गा […]
काठमाडौं– विशेष अदालत काठमाडौंले घुससहित पक्राउ परेका दोलखा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले रिजालसँग जोडिएका पाँच थान मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते उपसचिव […]
काठमाडौं । कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले […]
प्राविधिक समस्या नआएको खण्डमा कक्षा १२ को नतिजा आजै (मंगलबार) सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक हुने तयारी भएको हो । बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि तयारी सकिएको जनाकारी दिएका छन् । […]