२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

समाचार

प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन

काठमाण्डाै – गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन […]

काठमाण्डाै – नेपालमै हुलाक टिकट छाप्न शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ शुुरु गरेको हो । ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट हिजोदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा […]

सुर्खेत । सुर्खेतमा आजदेखि कर्णाली उत्सवको पाँचौँ संस्करण सुरु हुँदैछ। ‘कुडा कर्नालीका’ नाराका साथ पाँचौँ संस्कारण हुने भएको हो। कर्णाली उत्सव फागुन ५, ६ र ७ गते गरि तीन दिनसम्म चल्नेछ। उत्सव लागि सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। ‘कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव’ का रुपमा लिएइको यो उत्सव वीरेन्द्रनगर नगरपालिकाको […]

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । राजधानीमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् । स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने प्रचण्डले निष्कर्ष सुनाएका एक नेताले जानकारी दिए । […]

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ३२ रनमा अलआउट भएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो । जेहार्ड इरास्मसले ५ विकेट लिएपछि नेपालको ब्याटिङ लाईन धरासायी बनेको हो । नेपालका लागि भिम […]

काठमाडौँ :  नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदैछ । फागुन १ गतेबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत गरेका छन् । आज बाँकी ७ वटा समूहले प्रस्तुती दिने छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल […]

काठमाण्डाै – कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको अघिल्लो दिन अर्थात् ६ गते आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताको लागि उपस्थित हुन कार्यालयले भनेको छ । कार्यालयका अनुसार परीक्षाको दिन परीक्षा केन्द्र […]

काठमाडौँ । गत माघ २७ गते देखि फागुन १ गतेसम्म चलेको दैलेखको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । नेता सूर्यबहादुर शाहीको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी सँगै लेखा आयोग सर्वसम्मत चयन गरिएको हो । यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उप–सचिवमा मीनबहादुर बुढा र ताराकुमारी सोनी सर्वसम्मत चयन भएका हुन् । […]

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशमध्ये तीनजनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहटको औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल […]

मले’सिया मलाका । सगरमाथा युवा क्लव मलेसियाले चाइनिज नयाँ वर्षको छुट्टिकाे अवसर पारि मले’सियाकाे मलाका,तामान बाचाङजयामा मलेसियाव्यापी खुल्ला,दाेस्राे सगरमाथा पुरूष भलिबल प्रतियोगिता भब्यरूपमा सम्पन्न गरेको छ । उक्त खेल खेल्न नेपालका राष्ट्रिय भलिबल खेलाडीहरु रवि केसी, सरोज बर्देवा, हिमाल सुनारी मगर र सुरेन्द्र बुरउ समेत मलेसिया अाएका थिए । कार्यक्रमककाे अध्यक्षता सगरमाथा युवा क्लवका अध्यक्ष […]