नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ। कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा […]
सुर्खेत । रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज भैरवी गाउँपालिका-६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई आक्रमण गर्दा एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ । घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले […]
सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफल पछि मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो । जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास […]
इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए। सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच सोमबार भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् […]
काठमाडौं । फिल्म रावायणको छायाकंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो । सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ । उनीहरूसहित प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप […]
काठमाडौं । चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । उनले शनिबार निर्माण पक्षसँग सम्झौता गरेका हुन् । चलचित्रको मुख्य भूमिका मध्ये एकमा दिव्य देवको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् । अब्बल अभिनय क्षमता भएका उनलाई अनुबन्ध गर्न पाउँदा टिममा उत्साह बढेको सेनको भनाइ छ । छायाङ्कन अगावै सार्वजनिक भएको ‘बलिदान’को टिजरमा […]
काठमाडौं । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतमाथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइमा सहभागी थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा […]
काठमाडौं । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा नाल फुटेर बारूदको छर्रा लाग्दा पाँचथरमा एकजनाले ज्यान गुमाएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मनकुमार सिगुको आइतबार राति मृत्यु भएको छ । खेतबारीमा रोपिएको मकैबालीमा आउने बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मनकुमारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]
सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण […]