२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

समाचार

बेरोजगारलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी रोजगार मेला लाग्ने

पोखरा : बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ । मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए […]

सुर्खेत । मुगुको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख रिमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आर्थिक वर्ष २०७८/०७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। सो […]

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत (आइताबार) आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ। बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले […]

सुर्खेत । सुर्खेतको पश्चिमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पञ्पुरी नगरपालिका–६ बस्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय बाबिँयाचौरबाट खटिएको प्रहरी टोलीले भीमबहादुरलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनको साथबाट ४ मिलिग्राम (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ र २१.७८ ग्राम गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ।    

सुर्खेत:  यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ […]

काठमाडौँ :  सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् । उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि […]

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ । आइतबार दिउँसो करिव २ः५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले आगो निभाउनका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएको छ । आगो के कारणले लाग्यो भन्नेबारे खुल्न सकेको छैन ।

सल्यान : सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुमाख गाउँपालिका ३ गुर्दासेबाट सल्यान श्रीनगर आउँदै गरेको ना ख ५३१३ नम्बरको बस कुमाख गाउँपालिका ३ को भित्रि सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ३ गुर्दासेका २५ वर्षीय हस्त राना, १८ वर्षीया युमना सिंह र […]

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ। गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज […]

सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २१ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि सुर्खेत आइन् । ८ महिने छाेरी साथमा लिएर उनी दैलेख पिपलकाेटबाट उपचारका लागि सुर्खेत आएकी थिइन् । उनी सुर्खेत आएको दुई दिनपछि उनका श्रीमान नेपाली सेनामा कार्यरत २३ वर्षीया नवराज बलामी सुर्खेत पुगेका थिए । गत २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित राना क्लिनिक […]