काठमाडाैं । इलाम- २ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएर आचारसंहिता उल्लङ्घन भएको हो। उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्। उनीविरुद्ध उजुरी […]
काठमाडौं । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । […]
इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बूलाई कसुरको मात्रा हेरेर कारबाही हुने निर्वाचन आयोगले जानकारी दिएको छ । रास्वपा उम्मेदवार लिम्बूले आज (शनिबार) भइरहेको उपनिर्वाचन मतदान क्रममा पार्टीको निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेका थिए । लिम्बूले मतदान गरेको स्थान माङसेबुङ(२, […]
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले प्रिमियर कपको तेस्रो स्थानका […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ। बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार रु एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराइएको हो। सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न लागिएको कम्पनीले […]
काठमाडौँ। बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको […]
काठमाडौँ। इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ। सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्। शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली […]
एमालेका युवानेता तथा उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। उनले इलाम-२ को उपनिर्वाचनमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्। संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुभाष नेम्वाङकाे निधनपछि इलाम-२ काे प्रतिनिधि सभा उपनिर्वाचनमा उनकै छाेरा सुहाङ उम्मेदवार बनेका छन्।
काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)काे कविता संग्रह भाेलि (शनिबार)देखि सार्वजनिक हुने भएकाे छ। बालेनकाे कविता संग्रह ‘अश्र’ भाेलि सार्वजनिक हुने बालेनले बताएका छन्। बालेनले आफ्नाे जन्मदिनकाे अवसरमा कविता संग्रहबारे जानकारी गराएका छन्। भनेका छन्, ‘मेरो कविता सङ्ग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ। आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !’
सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी […]