२५ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

समाचार

नेपाल पुलिसले जित्याे (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं : नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो। पुलिसले २५–१६, २५–२१, २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । लिग चरणबाट पुलिस शीर्ष र हुमो दोस्रो […]

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस झापा–काठमाडौँ सम्पर्क समितिद्वारा बडादसैँ, दीपावली, नेपाल सम्वत, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत […]

मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ। मैदान नेपाली सेनाले बनाएको हो। बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरे। त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए। उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च […]

तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका […]

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले आज आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रूपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए। वर्तमान संविधानमार्फत […]

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नगर स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कार्यसमितिको आयोजनाका कार्यक्रममा भएको हाे। संविधान दिवसको अवसरमा पारी वतृत्वकला प्रतियोगिता राखिएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका भित्रका १४  विद्यालयका २५ विद्यार्थीहरूको सहभागिता रहेको थियो । नगर स्तरीय वतृत्वकला प्रतियोगिता घोडाघोडी सामुदायिक विद्यालयका बिनु भण्डारा प्रथम […]

गुल्सन झाको अलराउण्डर प्रदर्शनकाबीच हङकङमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सिरिजको दोस्रो खेलमा नेपाली टोली ओमानसँग १ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोलीसँग १ सय ३ रनले पराजित भएको थियो। नेपाललले दिएको २ सय २१ रनको लक्ष्य ओमानले १ बल अगावै ९ विकेटको क्षतिमा […]

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता बताउने युवराज सफलले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन् । सफल केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका थिए । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानासहित सात जना विरुद्ध गृह मन्त्रालयमा उनले बुधबार उजुरी दिएका हुन् […]

क्वालालम्पुर । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् । मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेको हो । […]

काठमाडौं : सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै […]