०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाली जनसम्पर्क समिति मलेसियाको माशिक बैठक सम्पन्न,तोकियो सातवटै प्रदेशको संयोजक

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित सोमबार, पुष २३, २०८०

मलेसिया। नेपाली कांग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति मलेसियाको माशिक बैठक हिजो आईतबार बिभिन्न गर्दै क्वालालम्पुरमा सम्पन्न भएको छ।‌

समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको सह-कोषाध्यक्ष पदमा नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय सदस्य इन्द्र भण्डारीलाई मनोनित गरिएको सभापति चोलाकान्त पंगेनीले बताए।

यसैगरी मलेसिया समितिसँग समन्वय र सहकार्य समितिलाई थप मजबूत बनाउने उदेश्यले सात वटै प्रदेश विभाग संयोजक पनि चयन गरेको छ। प्रदेश १ को संयोजकमा गोविन्द लिम्बू, मधेस प्रदेश संयोजकमा रामकुमार यादव, वागमती प्रदेश संयोजकमा धर्मराज थापा , गण्डकी प्रदेश संयोजकमा रुकेश गाहा मगर, लुम्बिनी प्रदेशको संयोजकमा रमेश भण्डारी, कर्णाली प्रदेश संयोजकमा दिपेन्द्र शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकबहादुर टमटा लाई चयन गरेको छ। मनोनित हुने प्रदेश विभाग संयोजकहरुलाई अध्यक्ष पंगेनीले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]