२५ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

नेपाली जनसम्पर्क समिति मलेसियाको माशिक बैठक सम्पन्न,तोकियो सातवटै प्रदेशको संयोजक

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित सोमबार, पुष २३, २०८०

मलेसिया। नेपाली कांग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति मलेसियाको माशिक बैठक हिजो आईतबार बिभिन्न गर्दै क्वालालम्पुरमा सम्पन्न भएको छ।‌

समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको सह-कोषाध्यक्ष पदमा नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय सदस्य इन्द्र भण्डारीलाई मनोनित गरिएको सभापति चोलाकान्त पंगेनीले बताए।

यसैगरी मलेसिया समितिसँग समन्वय र सहकार्य समितिलाई थप मजबूत बनाउने उदेश्यले सात वटै प्रदेश विभाग संयोजक पनि चयन गरेको छ। प्रदेश १ को संयोजकमा गोविन्द लिम्बू, मधेस प्रदेश संयोजकमा रामकुमार यादव, वागमती प्रदेश संयोजकमा धर्मराज थापा , गण्डकी प्रदेश संयोजकमा रुकेश गाहा मगर, लुम्बिनी प्रदेशको संयोजकमा रमेश भण्डारी, कर्णाली प्रदेश संयोजकमा दिपेन्द्र शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकबहादुर टमटा लाई चयन गरेको छ। मनोनित हुने प्रदेश विभाग संयोजकहरुलाई अध्यक्ष पंगेनीले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]

काठमाडौँ — पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्न माग गरेको छ। रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाको समान सहभागिता सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको बताएको हो। टोलिले भन्यो — “संविधानले समानुपातिक समावेशी सिद्धान्त […]

मलेसियाको रोजगारीमा बढ्दै गएको सिन्डिकेट प्रणाली विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा विशाल विरोध कार्यक्रम सम्पन्न गरेको छ। संघका सदस्यहरूले हात र निधारमा कालोपट्टी बाँध्दै ‘No Syndicate’ लेखिएको व्यानरसहित अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा भेला आयोजना गरेका हुन्। भेलामा सहभागी व्यवसायीहरूले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै, आवश्यक परेमा सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने […]