०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेनसहितको टोली तीनदिने भ्रमणको लागि मलेसिया

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शुक्रबार, पुष २०, २०८०

मलेसिया। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिंङदेनसहितको टोली तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका छन ।

आज शुक्रबार मलेसिया आईपुगेका लिङदेनलाई नेपाली राजदुतावास मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेल ,प्रथम सचिव बलिराम प्रसाद धामि, प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाका संयोजक योगेन्द्र कुंवर,एनआरएनएका उपाध्यक्ष ईन्द्र लिम्बु र दिल केरुङ,कोषाध्यक्ष बलध्वज लिम्बु,एनआरएनए पुर्व आईसिसि सदस्य शुभद्रा लिङदेन,राजेन्द्र लिङदेन,सन्दीप लिङदेनलगायतले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको निकट प्रवास संगठन,प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाले यहि ७ तारिख क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रमलाई विशेष सम्वोधन गर्ने संयोजक योगेन्द्र कुंवरले बताए।

भ्रमणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सँगै केन्द्रीय सदस्य प्रेम श्रेष्ठ,लोक तिवारी,तोयानाथ लम्साल, पररास्ट्र बिभाग प्रमुख आनन्द अधिकारी, छत्र कडायत रहेका छन् ‌। अन्तरकृया कार्यक्रम मलेसियामा रहेका नेपालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुर्याई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना गर्न लागेको‌ संयोजक कुंवरले बताए । यस्तै मलेसियाका बिभिन्न कार्यक्रममा सहभागी भएर पुर्व उपप्रधानमन्त्री लिङ्देन ८ तारिख स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]