०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

‘इरानमा रहेका नेपालीको उद्धारका लागि भारतसँग आग्रह गरेकी छु, आरजु राणा

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ ०७, २०८२

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन्।

इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन्।

परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘इरानमा केही नेपाली हुनुहुन्छ। आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु। हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ।’

सरकारको निर्देशनअनुसार भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन्।

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दै छ। यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]

म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक राेजगारीमा पठाएका श्रमिकहरूकाे नियमित अनुगमन गर्नुपर्ने भएकाे छ। आफूले पठाएका श्रमिकहरूकाे नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भए/नभएको सुनिश्चित गर्नुपर्ने भएकाे हाे। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेकाे छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा–सुविधा, सुरक्षित आवास […]

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]