०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ ।

Logo
प्रशान्त डि सि प्रकाशित सोमबार, आश्विन १४, २०८१

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
सोमबार इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट मालाखेती बस्ने १८ वर्षीय एक किशोरलाई १ ग्राम ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ। उता कञ्चनरमा पनि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० सडकघाट, पिपलचौतारा नजिकै लागुऔषधसहित एक युवकलाई पक्राउ गरिएको छ।

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलको अगाडीको इन्डिकेटर लाईटभित्र सेतो प्लास्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा भारतको पिलिभित हजारा थानाका ३३ वर्षीय गुड्डु नाम बताउने व्यक्तिलाई ३ ग्राम ३५ मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा नेपाली नागरिकहरू ठगी, लुटपाट तथा दुव्र्यवहारको सिकार बन्ने घटना बढ्दै गएको छ। हाल मलेसियामा करिब चार लाखभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न छन्। यसैक्रममा रोजगारी वा अन्य प्रयोजनका लागि स्वदेश फर्किने क्रममा विमानस्थलमा केही नेपाली नागरिकले अवाञ्छित गतिविधि, सामान लुटिने, ठगी हुने […]

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]

  भारतको गुजरातस्थित बडोदरा सहरमा एक दम्पतीबीचको घरेलु विवादले दुःखद रूप लिँदै श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएको घटना बाहिर आएको छ। बेरोजगारीको विषयमा पत्नीले गरेको मजाकबाट क्रोधित बनेका श्रीमानले घाँटी थिची हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाइम्स अफ इन्डियाका अनुसार, बडोदरा सहरको तण्डलजा क्षेत्रमा बस्ने मासिक शेखले आइतबार राति २३ वर्षीया पत्नी मिस्बाह […]