०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

सिम्रौनगढ को भाषा भोजपुरी होइन – सनि गुप्ता

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, बैशाख १०, २०८१

बारा:=समाजिक अभियन्ता , युवा नेता सनि गुप्ता संग सिम्रौनगढको विषय बारे कुरा गर्दा । सिम्रौनगढ बाटल यस्तो कुरा राख्नु भएको छ । सिम्रौनगढ को भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्ने मेरो ठम्याइ छ । सिम्रौनगढ मा मानव बस्ती ११ शताब्दी भन्दा पहिला देखिको छ । यसरी भन्नू पर्यो भने गुप्तकाल भन्दा पहिला देखिनै सिम्रौनगढमा मानवा बस्ती थियो । राजा नान्यदेव सिम्रौनगढ मा आउँदा उचाई मा रहेको सिम्रौनगढ जङ्गल ले भरिएको र जङ्गल भित्र मानव बस्ती थियो ।

मेरो जन्म सिम्रौनगढमा भएको हो मेरो लागि गर्भको कुरा छ र म आफ्नो बंशको ६ ठउ बंशज छु र याहा सम्म को म संग रेकर्ड छ । त्यो काल खण्ड को धेरै बिक्सित र समृद्ध मध्यको सिम्रौनगढको एक थियो । अरु राज्य भन्दा सिम्रौनगढको बिशेषता अलि फरक थियो ।सबै राज्यको खान पिन , भेष भुषा , भाषा र आफ्नै मौलिकता हुन्छ । सिम्रौनगढको श्रूगार र आभुषनको काल्ला कृति अहिले पनि मूर्तिकलामा देख्न सकिन्छ । खान पिन को आक्ल्न लगाउन्न लाई त्याहा को तरकारीखेती र अन्न बालि खेती देखेर अनुमान लगाउन सकिन्छ । कौसल , बिरता र युद्ध नीतिशास्त्र यति सबल्ल सक्षम थियो कि त्यो काल खण्डमा सिम्रौनगढले काठमाडौं (नेपाल ) लाई कयौं पटक हराएको इतिहास छँदैछन् । सिम्रौनगढ त्यो बखतको हिन्दू राज्य थियो र कुल्देबी तलेजु भवानी थियो । अहिले देशकै कुलदेबि हुनुहुन्छ । सिम्रौनगढ राज्य बित्र मिथिला र तिर्हुत थियो ।   

केही बर्ष अगाडी सम्म म आफै भन थे म भोजपुरी बोलछु तर हैन । हामी ले आधार मान्नु पर्छ र प्रमान लाई अन्देखा गर्नु हुदैन । धेरैले सोच छ र भन छ सिम्रौनगढ को भाषा भोजपुरी हो तर त्यसको पोख्ता प्रमान हुनुपर्दैन ।

कुनै पनि ठाँउ एतिहासिक एवं पुरातत्बिक हो होइन भन्ने कुरा थाहा पाउन त्यहा बाट पाएको बस्तु लाई परिक्षण गर्दा थाहा हुन्छ । इतिहास कहिले झुठो बोल्दैन । यदि म गलत होइन भने भने १/२ चोटि सिम्रौनगढ को उत्खन्न भएको छ र त्यस बाट पाएको बस्तुहरु केही काठमाडौं लगियो केही त्यही पुरियो । तर प्राय त्याहा पाइएको भगन्वाशेष ,मुर्ती र बस्तुहरु ब्यवसायिक तरिकाले पोखरी खन्दा पाइएको छ । पोखरी खन्ने क्रममा अन्य मुर्ती र २ टुक्रा सिलालेख पाएको छ । त्यस सिलालेखमा तिर्हुत लिपिमा लेखिएको छ र यो सत्य लाई कसैले पनि नकारन सक्दैन । भन्नुको अर्थ त्यो बेला सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो र भाषा तिर्हुतिया प्रयोग हुन्थ्यो । यदि सिलालेख लाई अधार मान्नु भयो भने यो कुरा पानी जस्तै साफ छ ।
सिम्रौनगढ राज्य झणडा के थियो ? सिम्रौनगढ को मुद्रा कस्तो थियो ? धेरै प्रश्न को जवान अहिले अनुसन्धान र खोजनै बाकी छ । भाषा को विषय मा भने अब्ब सिम्रौनगढ बासी प्रषट हुनैपर्छ ।
सिम्रौनगढ मा चल्दै आएको भाषा भने यस्तो छ । ( हम जाइत बारी , भात खाईत तारी , माई भात निन्हलेले , इया कथी खबही आजु , दिदिगे हमरा के एगो बाला देन गुरकावना बनावेला , बाबू खेत जोतैत हव , रे बौउ वो हम खेत जोतैइत बारी र कन्काली माई बाडा दुलार करलैइ आदि )
सिम्रौनगढ को भाषा यदि भोजपुरी हो भने सिम्रौनगढ को लिपि तिर्हुत कसरी ? सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो भने भाषा भोजपुरी कसरी ? अहिले बिज्ञान र प्रबिधिको युग हो । हाम्रो पुस्ताले प्रमान मा बिशवश गर्छ । तुक मा होइन । सिम्रौनगढ बाट आज सम्म भोजपुरी को कुनै पनि प्रमान पाइएको छैन तर तिर्हुत लिपी पाइएको छ र प्रमान छ । त्यसैले हामी र हाम्रो पुस्ताले तिर्हुत लाई मान्नु पर्छ ।
३ कोष मा पानी र १० कोष मा बानी बद्लिन्छ भन्ने उखान र टुक्का लाई आधार मान्नु भैइरएको छ भने हाम्रा आदरणीय ब्याक्तित्वहरु संग सोध्न चाह्न्छु। तपाई हरु प्रमान मान्ने कि न मान्ने ? यदि हामी ले बोलने भाषा भोजपुरी हो भने के भोजपुरी ले लिपि तिर्हुत लिपि लाई स्वुकार छ ।

सिम्रौनगढ को भाषा भोजपुरी होइन । सिम्रौनगढ को भाषा तिर्हुतिया हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]