०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

Logo
हिरोनेपाल प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सुर्खेत । वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरूलाई वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुर पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण व्यूरो सुर्खेतबाट खटिएको प्रहरी टोलिले पदमपुर बस्ने २२ वर्षीय सुशील सुनार र चन्दननाथ नगरपालिका–६ जुम्ला घर भई वीरेन्द्रनगर–१० डेरा गरि बस्ने २३ वर्षीय देवेन्द्र सुनारलाई पक्राउ गरेको जनाएको छ।

उक्त प्रहरी टोली सुशीलको घरमा खानतलासि गर्दा उनीहरुको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धूलो पदार्थ फेला पारको थियो।

साथै उनिहरूबाट प्रहरीले १ पोका लागूऔषध, दुई थान नापतौल गर्ने डिजिटल तराजु थान, एक थान कैचि, दुई थान धागो र नगद सात हजार तीन सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]