२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

Logo
हिरोनेपाल प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सुर्खेत । वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरूलाई वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुर पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण व्यूरो सुर्खेतबाट खटिएको प्रहरी टोलिले पदमपुर बस्ने २२ वर्षीय सुशील सुनार र चन्दननाथ नगरपालिका–६ जुम्ला घर भई वीरेन्द्रनगर–१० डेरा गरि बस्ने २३ वर्षीय देवेन्द्र सुनारलाई पक्राउ गरेको जनाएको छ।

उक्त प्रहरी टोली सुशीलको घरमा खानतलासि गर्दा उनीहरुको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धूलो पदार्थ फेला पारको थियो।

साथै उनिहरूबाट प्रहरीले १ पोका लागूऔषध, दुई थान नापतौल गर्ने डिजिटल तराजु थान, एक थान कैचि, दुई थान धागो र नगद सात हजार तीन सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]

काठमाडौँ — पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्न माग गरेको छ। रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाको समान सहभागिता सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको बताएको हो। टोलिले भन्यो — “संविधानले समानुपातिक समावेशी सिद्धान्त […]