२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

विराज भट्टको ‘१२ गाउँ’मा खेल्दै भारतिय खलपात्र ‘साहो’ भिलेन कनिज

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

काठमाडौं । विराज भट्टको आउदाे फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । भट्टका छोरा समीरले फिल्मबाट डेब्यु गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यो प्रोजेक्टबाट अभिनय करिअर थाल्दैछिन् ।

फिल्मको लाइनअपलाई लिएर रोचक खबर छ । यो फिल्मको खलपात्रमा दक्षिण भारतीय फिल्म ‘साहो’ फेम्ड अभिनेता कनिज कोइराला अनुबन्धित भएका छन् । निर्माताले यी एक्सन अभिनेता फिल्मसँग जोडिएको जनाएको छ ।

पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट नेपाल २००९ समेत रहेका कोइरालाले भोजपुरी भाषाको फिल्म ‘वध’ र भारतीय फिल्म ‘गुडाचरी’मा पनि अभिनय गरेका छन् । अभिनेता भट्टसँग ‘वध’मा उनको सहकार्य भैसकेको छ ।

शनिबार काठमाडौंमा फिल्म सम्झौतामा हस्ताक्षर गर्दै अभिनेता विराज भट्ट (बायाँ) र कनिज कोइराला ।
चैत दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण तथा निर्देशन भट्टले नै गर्नेछन् । बिग बजेट बताइएको यो फिल्म अहिले प्रि-प्रोडक्सन चरणमा छ । सन्तोष सरकारको पटकथामा बन्न लागेको यो फिल्मलाई एक्सन जनरामा बनाउन लागिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा […]