२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

विराज भट्टको ‘१२ गाउँ’मा खेल्दै भारतिय खलपात्र ‘साहो’ भिलेन कनिज

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

काठमाडौं । विराज भट्टको आउदाे फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । भट्टका छोरा समीरले फिल्मबाट डेब्यु गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यो प्रोजेक्टबाट अभिनय करिअर थाल्दैछिन् ।

फिल्मको लाइनअपलाई लिएर रोचक खबर छ । यो फिल्मको खलपात्रमा दक्षिण भारतीय फिल्म ‘साहो’ फेम्ड अभिनेता कनिज कोइराला अनुबन्धित भएका छन् । निर्माताले यी एक्सन अभिनेता फिल्मसँग जोडिएको जनाएको छ ।

पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट नेपाल २००९ समेत रहेका कोइरालाले भोजपुरी भाषाको फिल्म ‘वध’ र भारतीय फिल्म ‘गुडाचरी’मा पनि अभिनय गरेका छन् । अभिनेता भट्टसँग ‘वध’मा उनको सहकार्य भैसकेको छ ।

शनिबार काठमाडौंमा फिल्म सम्झौतामा हस्ताक्षर गर्दै अभिनेता विराज भट्ट (बायाँ) र कनिज कोइराला ।
चैत दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण तथा निर्देशन भट्टले नै गर्नेछन् । बिग बजेट बताइएको यो फिल्म अहिले प्रि-प्रोडक्सन चरणमा छ । सन्तोष सरकारको पटकथामा बन्न लागेको यो फिल्मलाई एक्सन जनरामा बनाउन लागिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा भावनाले भरिएको नयाँ सिर्जना ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ। सन् २०२५ को नेपाली स्याड गीतका रूपमा आएको यस गीतले जीवनका संघर्ष, पीडा र यथार्थलाई सारङ्गीको मार्मिक धुनमार्फत कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा गायक रमेश शेसी र गायिका सरिता गोतामे महारको सशक्त स्वर सुन्न सकिन्छ। गीतको संगीत समेत सरिता गोतामे […]

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]