२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

‘डिग्री माइला’को टिजर रिलिज

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौँ । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।

टिजरमा दयाहाङलाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

 

यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। फिल्म सोही नामको नाटकमा आधारित रहेको छ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्म दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्म दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसियाको ऐतिहासिक शहर मलकामा किरात राई समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको “उभौली साकेला कार्यक्रम–२०२६” को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम आयोजक संस्था किरात राई यायोक्खा क्षेत्रीय समिति मलका, मलेसियाका संरक्षक ग्याबिन चाम्लिङ राईले हिरो नेपाल टिभिलाई जानकारी दिँदै कार्यक्रम सफल बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका […]

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा भावनाले भरिएको नयाँ सिर्जना ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ। सन् २०२५ को नेपाली स्याड गीतका रूपमा आएको यस गीतले जीवनका संघर्ष, पीडा र यथार्थलाई सारङ्गीको मार्मिक धुनमार्फत कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा गायक रमेश शेसी र गायिका सरिता गोतामे महारको सशक्त स्वर सुन्न सकिन्छ। गीतको संगीत समेत सरिता गोतामे […]

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]