२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

‘डिग्री माइला’को टिजर रिलिज

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौँ । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।

टिजरमा दयाहाङलाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

 

यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। फिल्म सोही नामको नाटकमा आधारित रहेको छ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्म दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्म दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा […]