२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौँ । चर्चित हास्य टेलिकशृंखला ‘सक्किगोनि’ टिमले नयाँ फिल्म बनाउने भएको छ। बुधवार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै ‘लाज शरणम्’ टाइटलमा फिल्म बनाउने घोषणा गरेका हुन्।

सोसल कमेडी जनरामा बन्ने फिल्ममा कुमार कट्टेल (जिग्री) को कथा रहेको छ।

हाल कट्टेलसहित दीपक आचार्य (काकु), हरिश निरौला (क्रकोज)र गजित बिष्ट मिलेर फिल्मको पटकथा लेखिरहेका छन्। फिल्ममा देश र जनताहरुले भोग्नुपरेको समस्यालाई चित्रण गरिने बताइएको छ।

फिल्मको नाम घोषणा गरिएपनि कलाकारसहित नाम खुलाइएको छैन। तर, सार्वजनिक गरिएको टाइटलमा जिग्री पाँडेको टीम उल्लेख छ।

यसअर्थमा त्यसै टिमबाट एकजनाले फिल्मलाई निर्देशन गर्नेछन्। यस फिल्मको छायाङ्कन २०८१ सालमा गरिनेछ।

लामोसमयदेखि टेलिसिरिलल ‘सक्किगोनी’ दर्शकहरुमाझ लोकप्रिय छ। यो सिरियल कट्टेलसहित अर्जुन घिमिरे (पाँडे) को लेखन तथा निर्देशनमा बन्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा […]