२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौँ । चर्चित हास्य टेलिकशृंखला ‘सक्किगोनि’ टिमले नयाँ फिल्म बनाउने भएको छ। बुधवार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै ‘लाज शरणम्’ टाइटलमा फिल्म बनाउने घोषणा गरेका हुन्।

सोसल कमेडी जनरामा बन्ने फिल्ममा कुमार कट्टेल (जिग्री) को कथा रहेको छ।

हाल कट्टेलसहित दीपक आचार्य (काकु), हरिश निरौला (क्रकोज)र गजित बिष्ट मिलेर फिल्मको पटकथा लेखिरहेका छन्। फिल्ममा देश र जनताहरुले भोग्नुपरेको समस्यालाई चित्रण गरिने बताइएको छ।

फिल्मको नाम घोषणा गरिएपनि कलाकारसहित नाम खुलाइएको छैन। तर, सार्वजनिक गरिएको टाइटलमा जिग्री पाँडेको टीम उल्लेख छ।

यसअर्थमा त्यसै टिमबाट एकजनाले फिल्मलाई निर्देशन गर्नेछन्। यस फिल्मको छायाङ्कन २०८१ सालमा गरिनेछ।

लामोसमयदेखि टेलिसिरिलल ‘सक्किगोनी’ दर्शकहरुमाझ लोकप्रिय छ। यो सिरियल कट्टेलसहित अर्जुन घिमिरे (पाँडे) को लेखन तथा निर्देशनमा बन्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसियाको ऐतिहासिक शहर मलकामा किरात राई समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको “उभौली साकेला कार्यक्रम–२०२६” को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम आयोजक संस्था किरात राई यायोक्खा क्षेत्रीय समिति मलका, मलेसियाका संरक्षक ग्याबिन चाम्लिङ राईले हिरो नेपाल टिभिलाई जानकारी दिँदै कार्यक्रम सफल बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका […]

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा भावनाले भरिएको नयाँ सिर्जना ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ। सन् २०२५ को नेपाली स्याड गीतका रूपमा आएको यस गीतले जीवनका संघर्ष, पीडा र यथार्थलाई सारङ्गीको मार्मिक धुनमार्फत कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा गायक रमेश शेसी र गायिका सरिता गोतामे महारको सशक्त स्वर सुन्न सकिन्छ। गीतको संगीत समेत सरिता गोतामे […]

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]