०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

गाउँमै दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर

Logo
हिरोनेपाल प्रकाशित आइतबार, माघ २१, २०८०

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मटेलामा दुई दिने स–शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ। (माघ २१ र २२) गते आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन हुने भएको हो।

कोहलपुर डेण्टल हस्पिटल बाँकेको आयोजनामा उक्त शिविर सञ्चालन भएको हो।

कोहलपुर हस्पिटलका सञ्चालक गजेन्द्रबहादुर शाहीले मटेलामा आज र भोली गरि दुई दिन विशेषज्ञ स्वास्थ्य शिविर सञ्चलानमा आएको जानकारी दिए।

उनका अनुसार शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ सेवा, दन्त उपचार सेवा र आँखा जाँच गरेर चारवटा सेवाहरू उपलब्ध गरिएका छन् भने उक्त सेवा सम्बन्धि वरिष्ठ तथा अनुभवी डाक्टरहरूबाट चेकजाँच तथा उपचार हुनेछ।

नागरिकहरूले शिविर सञ्चालन भएको दुई दिनमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सक्नेछन्।

शिविरमा छाती, मुटु, पेट, सुगर, प्रेसर, दमको साथै हाड÷जोर्नी दुख्ने, ढाड कम्मर दुख्ने, स्त्री रोग सम्बन्धि महिला एवं किशोरी तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आँखा, दाँत, गिजा सम्बन्धि चेक जाँच साथै चस्मा वितरण, दिसा, पिसाब जाँच, सादा तथा भिडियो एक्सरे लगायतका सुविधाहरू उपलब्ध गरिनेछन्।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका ६५ सांसदले हस्ताक्षर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् भने २४ सांसदले भने पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन्। मंसिर २३ गते विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा […]

क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा नेपाली नागरिकहरू ठगी, लुटपाट तथा दुव्र्यवहारको सिकार बन्ने घटना बढ्दै गएको छ। हाल मलेसियामा करिब चार लाखभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न छन्। यसैक्रममा रोजगारी वा अन्य प्रयोजनका लागि स्वदेश फर्किने क्रममा विमानस्थलमा केही नेपाली नागरिकले अवाञ्छित गतिविधि, सामान लुटिने, ठगी हुने […]