०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सुर्खेतमा यातायात व्यवसायीबीच लफडाः कर्मचारीमाथि ढुङ्गा मुढा प्रहार भएको दाबी

Logo
हिरोनेपाल प्रकाशित शनिबार, माघ ०६, २०८०

सुर्खेत । यातायात क्षेत्रमा सिण्डिकेटका विषयमा सुर्खेतमा शनिबार दुई यातायात व्यवसायीबिच झडप भएको छ। उक्त झडपबाट दुइ जना घाइते समेत भएका छन्। ११ यातायात प्रालि मिलेर बनेको संयूक्त यातायात प्रालिका कर्मचारीले केही भिजिट कर्णाली यातायात प्रालिका दुई जना कर्मचारी माथि सांघातिक हमाला गरेका हुन्।

सुर्खेतको वीरेन्द्रनगर–१०, बुलबुलेस्थित प्रालिको टिकट काउण्टरमा पुगेका संयूक्त यातायातका केही व्यक्तिले टिकट काउन्टर तोड्फोड गरी आफ्ना कर्माचारी माथि खुकुरी र मुढा प्रहार गरी शक्त घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा शाहीले संविधानमा प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक पेशा व्यावसाय गर्न पाउने मौलिक हकको हनन् गर्दै टिकट बुकिङ काउण्टर समेत तोडफोड गरी यात्रुको बिचल्ली बनाएको बताए।

उनले भने, ‘यातायातमा सिन्डीकेट प्रथाको अन्त भैसकेको अवस्थामा सुर्खेतका यातायात व्यवसायीले हामी माथि जुन खालको हर्कत गर्नुभएको छ, त्यसको हामी घोर भत्सना गर्दछौं। उक्त घटनाका दोषि माथि कानूनी कारवाही गरी हामी माथि भइरहेको आक्रमण रोक्न प्रशासनले ध्यान दिनुपर्छ।’

संयूक्त व्यवसायीले आफूहरुलाई केही दिनदेखि धम्काइ रहेको विषयमा प्रशासनलाई हिजो नै लिखित जानकारी गराइएको भएपनि संयूक्त यातायात व्यवसायीको अगाडि प्रशासन मुखदर्शक बन्दा आफूहरुले क्षति व्यहोर्नु परेको शाहीले आरोप लगाए।

बैधानिकरुपमै दर्ता भएको प्रालिलाई निर्वाध गाडि सञ्चालन गर्ने वातावरण नमिलाए सबै गाडी प्रशासनको जिम्मा लगाउने शाहीले चेतावनी दिए। केही साताअघि प्रालिले रातो नम्बर प्लेटका स्कारपियो गाडीलाई सार्वजनिक सवारीका रुपमा सञ्चालनमा ल्याएको थियो।

सुर्खेत बसपार्कमा ठाउँ नहुने भन्दै नगरपालिकाले हाललाई बाहिरबाट सेवा दिन भनेपछि संयूक्त यातायात व्यवसायीको टाउको दुखाई बनेको हो। उनीहरुले सो प्रालि पनि बसपार्क भित्रैबाट सञ्चालन हुनुपर्ने बताउदै आएका छन्।

यस्तै, सरकारले २०७५ सालमा समितिहरू खारेज गर्दै यातायात क्षेत्रका सबैखाले सिण्डिकेट अन्त्य गरेको थियो। तर, ५ वर्षपछि पनि सुर्खेतमा सिण्डिकेट बढ्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]