२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

सुर्खेतमा यातायात व्यवसायीबीच लफडाः कर्मचारीमाथि ढुङ्गा मुढा प्रहार भएको दाबी

Logo
हिरोनेपाल प्रकाशित शनिबार, माघ ०६, २०८०

सुर्खेत । यातायात क्षेत्रमा सिण्डिकेटका विषयमा सुर्खेतमा शनिबार दुई यातायात व्यवसायीबिच झडप भएको छ। उक्त झडपबाट दुइ जना घाइते समेत भएका छन्। ११ यातायात प्रालि मिलेर बनेको संयूक्त यातायात प्रालिका कर्मचारीले केही भिजिट कर्णाली यातायात प्रालिका दुई जना कर्मचारी माथि सांघातिक हमाला गरेका हुन्।

सुर्खेतको वीरेन्द्रनगर–१०, बुलबुलेस्थित प्रालिको टिकट काउण्टरमा पुगेका संयूक्त यातायातका केही व्यक्तिले टिकट काउन्टर तोड्फोड गरी आफ्ना कर्माचारी माथि खुकुरी र मुढा प्रहार गरी शक्त घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा शाहीले संविधानमा प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक पेशा व्यावसाय गर्न पाउने मौलिक हकको हनन् गर्दै टिकट बुकिङ काउण्टर समेत तोडफोड गरी यात्रुको बिचल्ली बनाएको बताए।

उनले भने, ‘यातायातमा सिन्डीकेट प्रथाको अन्त भैसकेको अवस्थामा सुर्खेतका यातायात व्यवसायीले हामी माथि जुन खालको हर्कत गर्नुभएको छ, त्यसको हामी घोर भत्सना गर्दछौं। उक्त घटनाका दोषि माथि कानूनी कारवाही गरी हामी माथि भइरहेको आक्रमण रोक्न प्रशासनले ध्यान दिनुपर्छ।’

संयूक्त व्यवसायीले आफूहरुलाई केही दिनदेखि धम्काइ रहेको विषयमा प्रशासनलाई हिजो नै लिखित जानकारी गराइएको भएपनि संयूक्त यातायात व्यवसायीको अगाडि प्रशासन मुखदर्शक बन्दा आफूहरुले क्षति व्यहोर्नु परेको शाहीले आरोप लगाए।

बैधानिकरुपमै दर्ता भएको प्रालिलाई निर्वाध गाडि सञ्चालन गर्ने वातावरण नमिलाए सबै गाडी प्रशासनको जिम्मा लगाउने शाहीले चेतावनी दिए। केही साताअघि प्रालिले रातो नम्बर प्लेटका स्कारपियो गाडीलाई सार्वजनिक सवारीका रुपमा सञ्चालनमा ल्याएको थियो।

सुर्खेत बसपार्कमा ठाउँ नहुने भन्दै नगरपालिकाले हाललाई बाहिरबाट सेवा दिन भनेपछि संयूक्त यातायात व्यवसायीको टाउको दुखाई बनेको हो। उनीहरुले सो प्रालि पनि बसपार्क भित्रैबाट सञ्चालन हुनुपर्ने बताउदै आएका छन्।

यस्तै, सरकारले २०७५ सालमा समितिहरू खारेज गर्दै यातायात क्षेत्रका सबैखाले सिण्डिकेट अन्त्य गरेको थियो। तर, ५ वर्षपछि पनि सुर्खेतमा सिण्डिकेट बढ्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]

काठमाडौँ — पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्न माग गरेको छ। रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाको समान सहभागिता सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको बताएको हो। टोलिले भन्यो — “संविधानले समानुपातिक समावेशी सिद्धान्त […]

मलेसियाको रोजगारीमा बढ्दै गएको सिन्डिकेट प्रणाली विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा विशाल विरोध कार्यक्रम सम्पन्न गरेको छ। संघका सदस्यहरूले हात र निधारमा कालोपट्टी बाँध्दै ‘No Syndicate’ लेखिएको व्यानरसहित अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा भेला आयोजना गरेका हुन्। भेलामा सहभागी व्यवसायीहरूले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै, आवश्यक परेमा सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने […]