२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

हिन्दी भाषामा मधेस गान, सार्वजनिक भएपछि विवाद चर्कियाे ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ ०६, २०८०

काठमाडौँ । बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो ।

‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस ।’

यो गीत पहिला मैथिली भाषामा लेखिएको थियो । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी ‘भ्रमर’ द्वारा मैथिली भाषामा लेखिएको सो गीतलाई हिन्दीमा डा.सागरले रूपान्तरण गरेका हुन् । मधेस गान भारतका चर्चित गायक उदित नारायण झा र नेपालका गायक रविराज साहले गाएका छन् ।

गीत सार्वजनिक भएपछि त्यस बारेमा विभिन्न टीका टिप्पणीहरू भइरहेका गरेका छन् । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले भनेका छन्, ‘मधेस गानको प्रस्तुतिमा मेरो आपत्ति छ है,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधेसी शान्ति प्रिय समाज हो । समानता र न्यायकै लागि विभेदविरुद्ध मधेस विद्रोह भएको हो । १५ देखि २० लाख मधेसीले शान्तिपूर्ण मानव शृङ्खला बनाएर राज्य सत्तालाई जगाउन खोजेकै हो ।’

गानको प्रथम फ्रेममै मधेसीले ढुङ्गामुढा गरेको दृश्य कति उचित छ भनेर प्रश्न गर्दै उनले यसले मधेसीबारे गलत अवधारणा प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

भिडियोमा हरेक फ्रेममा पटक पटक एउटै व्यक्ति दोहोरिएको छ, यसले असङ्ख्य मधेसीले अधिकार प्राप्तिको लागि गरेको संघर्षको सम्यक् तस्बिर प्रस्तुत नगरेको उनले टिप्पणी गरे ।

रातोपाटीसँग कुरा गर्दै उनले सल्लाहकार अग्रहरीले यो सरकारको आधिकारिक गान हो कि होइन आफूलाई जानकारी नभएको बताए । ‘सरकारी गान बनाउनका लागि त्यसको प्रक्रिया हुन्छ, यसमा कुनै प्रक्रिया अपनाइएको हो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सरकारी कार्यक्रममा यो गान सार्वजनिक भएको हो तर यो मधेस सरकारको गान हो भन्ने जस्तो मलाई लाग्दैन ।’

प्रतिष्ठानका अध्यक्ष कापडीले पनि यो गान सरकारी हो कि होइन भन्ने आफूलाई जानकारी नरहेको बताए । यो गीत आफूले मैथिली भाषामा लेखेको र पछि गायक रविराज साहले यसलाई कम्पोज गर्छु भनेर लगेको उनको भनाई छ । त्यसपछि यसलाई हिन्दीमा रूपान्तरण गरेर गान नै सार्वजनिक गरेको उनले बताए ।

सबै समुदाय र भाषाका व्यक्तिले बुझुन् भनेर नै हिन्दीमा यो गीत बनाएको बताउँदै उनले अरू कुरा आफ्नो जानकारीमा नरहेको प्रष्ट पारे । ‘हिजो मधेस गान सार्वजनिक हुँदैछ भन्ने मलाई जानकारी पनि थिएन । त्यहाँ गए पछि मात्र गीतको बारेमा थाह पाएको हुँ,’ उनले भने, ‘सरकारले सहयोग गरेको मैले सुनेको हुँ, तपाईंहरुकै रातोपाटीमा समाचार पढेपछि थाहा पाए कि यो गानका लागि मधेस सरकारले सहिद प्रतिष्ठानबाट लगानी गरेको छ । अरू कुरा मलाई केही पनि थाह छैन ।’

यो गीत धेरै नै राम्रो रहेको, मधेसी समाजको भावनालाई समेटिएको बताउँदै उनले यस प्रकारको गीतहरूमा सरकारले लगानी गर्नुपर्ने बताए ।

यता, यो गान बनाउन दिन रात खटेका गायक रविराज साहले यो मधेस सरकारको आधिकारिक गान भएको र सरकारले आग्रह गरेको आधारमा नै आफूले यो गान तयार पारेको बताए । उनले भने, ‘मधेस सरकारले प्रतिष्ठानका अध्यक्ष रामभरोसी कापरीलाई गीत लेख्न लगाएर त्यसलाई कम्पोज गर्न मलाई दिएको हो ।’ यो गीत गाउनका लागि मधेस सरकारले नै भारतीय गायक उदितनारायण झालाई आग्रह गरेको थियो ।

उदित नारायण झाले यो गीत गाउनका लागि पारिश्रमिक पनि लिएका छैनन् । उनी आफू पनि मधेसकै भएको कारण आफ्नो माटो, समाजका लागि गीत गाउने भनेर गाएको गायक साहले बताए । उनले आजै यो गीत मधेस सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए । उनले भने, ‘मैले गीत मधेस सरकारलाई हस्तान्तर गरिसकेको छु, अब सरकारले यसलाई कहाँ कहाँ राख्नुहुन्छ थाहा छैन, कसरी प्रयोग गर्नुहुन्छ थाहा छैन ।’

मधेस आन्दोलन, मधेसी समाज, त्यहाँको समस्यामा केन्द्रित रहेर त्यो गीत बनाइएको बताउँदै उनले माघ ५ गतेको अवसरमा त्यो गीत सार्वजनिक गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । मधेस गानमा मधेसलाई दर्साइएको र मधेस प्रदेशका आठ वटै जिल्लाका दृश्यलाई समेटिएको गायक रविराजले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]