०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

हिन्दी भाषामा मधेस गान, सार्वजनिक भएपछि विवाद चर्कियाे ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ ०६, २०८०

काठमाडौँ । बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो ।

‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस ।’

यो गीत पहिला मैथिली भाषामा लेखिएको थियो । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी ‘भ्रमर’ द्वारा मैथिली भाषामा लेखिएको सो गीतलाई हिन्दीमा डा.सागरले रूपान्तरण गरेका हुन् । मधेस गान भारतका चर्चित गायक उदित नारायण झा र नेपालका गायक रविराज साहले गाएका छन् ।

गीत सार्वजनिक भएपछि त्यस बारेमा विभिन्न टीका टिप्पणीहरू भइरहेका गरेका छन् । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले भनेका छन्, ‘मधेस गानको प्रस्तुतिमा मेरो आपत्ति छ है,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधेसी शान्ति प्रिय समाज हो । समानता र न्यायकै लागि विभेदविरुद्ध मधेस विद्रोह भएको हो । १५ देखि २० लाख मधेसीले शान्तिपूर्ण मानव शृङ्खला बनाएर राज्य सत्तालाई जगाउन खोजेकै हो ।’

गानको प्रथम फ्रेममै मधेसीले ढुङ्गामुढा गरेको दृश्य कति उचित छ भनेर प्रश्न गर्दै उनले यसले मधेसीबारे गलत अवधारणा प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

भिडियोमा हरेक फ्रेममा पटक पटक एउटै व्यक्ति दोहोरिएको छ, यसले असङ्ख्य मधेसीले अधिकार प्राप्तिको लागि गरेको संघर्षको सम्यक् तस्बिर प्रस्तुत नगरेको उनले टिप्पणी गरे ।

रातोपाटीसँग कुरा गर्दै उनले सल्लाहकार अग्रहरीले यो सरकारको आधिकारिक गान हो कि होइन आफूलाई जानकारी नभएको बताए । ‘सरकारी गान बनाउनका लागि त्यसको प्रक्रिया हुन्छ, यसमा कुनै प्रक्रिया अपनाइएको हो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सरकारी कार्यक्रममा यो गान सार्वजनिक भएको हो तर यो मधेस सरकारको गान हो भन्ने जस्तो मलाई लाग्दैन ।’

प्रतिष्ठानका अध्यक्ष कापडीले पनि यो गान सरकारी हो कि होइन भन्ने आफूलाई जानकारी नरहेको बताए । यो गीत आफूले मैथिली भाषामा लेखेको र पछि गायक रविराज साहले यसलाई कम्पोज गर्छु भनेर लगेको उनको भनाई छ । त्यसपछि यसलाई हिन्दीमा रूपान्तरण गरेर गान नै सार्वजनिक गरेको उनले बताए ।

सबै समुदाय र भाषाका व्यक्तिले बुझुन् भनेर नै हिन्दीमा यो गीत बनाएको बताउँदै उनले अरू कुरा आफ्नो जानकारीमा नरहेको प्रष्ट पारे । ‘हिजो मधेस गान सार्वजनिक हुँदैछ भन्ने मलाई जानकारी पनि थिएन । त्यहाँ गए पछि मात्र गीतको बारेमा थाह पाएको हुँ,’ उनले भने, ‘सरकारले सहयोग गरेको मैले सुनेको हुँ, तपाईंहरुकै रातोपाटीमा समाचार पढेपछि थाहा पाए कि यो गानका लागि मधेस सरकारले सहिद प्रतिष्ठानबाट लगानी गरेको छ । अरू कुरा मलाई केही पनि थाह छैन ।’

यो गीत धेरै नै राम्रो रहेको, मधेसी समाजको भावनालाई समेटिएको बताउँदै उनले यस प्रकारको गीतहरूमा सरकारले लगानी गर्नुपर्ने बताए ।

यता, यो गान बनाउन दिन रात खटेका गायक रविराज साहले यो मधेस सरकारको आधिकारिक गान भएको र सरकारले आग्रह गरेको आधारमा नै आफूले यो गान तयार पारेको बताए । उनले भने, ‘मधेस सरकारले प्रतिष्ठानका अध्यक्ष रामभरोसी कापरीलाई गीत लेख्न लगाएर त्यसलाई कम्पोज गर्न मलाई दिएको हो ।’ यो गीत गाउनका लागि मधेस सरकारले नै भारतीय गायक उदितनारायण झालाई आग्रह गरेको थियो ।

उदित नारायण झाले यो गीत गाउनका लागि पारिश्रमिक पनि लिएका छैनन् । उनी आफू पनि मधेसकै भएको कारण आफ्नो माटो, समाजका लागि गीत गाउने भनेर गाएको गायक साहले बताए । उनले आजै यो गीत मधेस सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए । उनले भने, ‘मैले गीत मधेस सरकारलाई हस्तान्तर गरिसकेको छु, अब सरकारले यसलाई कहाँ कहाँ राख्नुहुन्छ थाहा छैन, कसरी प्रयोग गर्नुहुन्छ थाहा छैन ।’

मधेस आन्दोलन, मधेसी समाज, त्यहाँको समस्यामा केन्द्रित रहेर त्यो गीत बनाइएको बताउँदै उनले माघ ५ गतेको अवसरमा त्यो गीत सार्वजनिक गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । मधेस गानमा मधेसलाई दर्साइएको र मधेस प्रदेशका आठ वटै जिल्लाका दृश्यलाई समेटिएको गायक रविराजले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]