०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सुर्खेतमा यातायात प्रा.लिका सूमहबीच झडप, दुई घाइते

Logo
हिरोनेपाल प्रकाशित शनिबार, माघ ०६, २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरको विषयमा दुई यातायात प्रा.लिबीच झडप भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोक नजिक झडपहुँदा दुई जना घाइते भएका छन्।

शनीबार बिहान वीरेन्द्रनगर–१० बुलबुले चोकमा रहेको भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रा.लिबीच झडप भएको हो।

यातायात व्यवसायीको आक्रमणबाट बुलबुले काउन्टरमा रहेका भिजिट कर्णाली यातायतका कर्मचारीहरू समेत घाइते भएका भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

उनले भने, ‘सुर्खेतका यातायात व्यवयासी र उनिहरुले खटाएको कर्मचारीबाट हाम्रो बुलबुले चोकमा रहेको मुख्य टिकट काउन्टरमा आक्रमण भयो। आक्रमण हुँदा संरचनासहित हाम्रा कर्मचारी लोकेन्द्र शाही, गगन शाही लगायत चार जना घाइते हुनुभएको छ। बसपार्कबाट आएको यायायात व्यवसायीको हुलले आक्रमण गरेको थियो।’

यस्तै, अध्यक्ष शाहीले यातायात सञ्चालनका विषयमा कानून प्रक्रिया पूरा गरेर भिजिट कर्णाली यातायात प्रा.लिबाट गत पुस २४ गतेबाट स्कार्पियो जिपबाट नागरिकहरूलाई सेवा दिइरहेको बताए।

उनका अनुसार घाइतेहरुको उपचार प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा उपचार भइरहेको छ।

संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रा.लिले दाबी गरेको छ।

यता, संयुक्त यातायात सेवाले भिजिट यातायात प्रालिलाई मनोमानी तरिकाले टिकट काटेको आरोप लगाएको छ।

यस्तै, उक्त झडपपछि केही समय बन्द भएको रत्नराजमार्ग खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त स्थालनमा प्रहरी तैनाथ अवस्थामा खटाइएको छ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]