काठमाडौँ । आज संसदमा नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका गृहमन्त्री रवि लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीबाट जवाफ माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले पछिल्लो पटक प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा धुजा भएको बताए । साथै […]
काठमाण्डाै – राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो । उहाँले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको […]
काठमाडौँ । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बीच ७ बुँदे सहमति भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो । यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते […]
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्नुहुने भएकाे छ । नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए । यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन […]
काठमाण्डाै: नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् । विशेषगरी माओवादी र कांग्रेसको गठबन्धन फुटाएर सत्ताको खेलमा लागेको नेकपा एमाले ठूला र रोजेका मन्त्रालयविनै सरकारमा जानु र शीर्ष वरीयताका नेतालाई मन्त्री नबनाउनुले नयाँ गठबन्धनबारे शङ्का बढेको हो । नेकपा एमालेले गृह […]
काठमाडौँ । उत्कृष्ट कार्यसम्पादन गरेका कारण रेखा शर्मा पुनः संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । नयाँ समिकरणसँगै मन्त्रिमण्डल विस्तारसँगै शर्माले पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । शर्माले संचार मन्त्रालय समालेपछि एनसेल, यूटिएल, स्मार्ट सेलको काण्डमा सरकारको जित भएको छ । त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको मनपरीलाई दायरामा ल्याउने प्रक्रिया सुरु […]
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रपाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् । स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । आज बिहानै एमाले, माओवादी र रास्वापा […]
काठमाडौं । सत्ता गठबन्धन भत्किने अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक राखेर आन्तरिक छलफल गरिहेका छन् । एमालेका अध्यक्ष केपी ओलीले बालकोटमा सचिवालयको बैठक राखेर छलफल गरेका छन् । उनले माओवादीसँग सत्ता बाँडफाँटमा भएका सहमतिका विषयमा नेताहरुलाई जानकारी गराएको बुझिएको छ । उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले […]