काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्नुहुने भएकाे छ । नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए । यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन […]
काठमाण्डाै: नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् । विशेषगरी माओवादी र कांग्रेसको गठबन्धन फुटाएर सत्ताको खेलमा लागेको नेकपा एमाले ठूला र रोजेका मन्त्रालयविनै सरकारमा जानु र शीर्ष वरीयताका नेतालाई मन्त्री नबनाउनुले नयाँ गठबन्धनबारे शङ्का बढेको हो । नेकपा एमालेले गृह […]
काठमाडौँ । उत्कृष्ट कार्यसम्पादन गरेका कारण रेखा शर्मा पुनः संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । नयाँ समिकरणसँगै मन्त्रिमण्डल विस्तारसँगै शर्माले पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । शर्माले संचार मन्त्रालय समालेपछि एनसेल, यूटिएल, स्मार्ट सेलको काण्डमा सरकारको जित भएको छ । त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको मनपरीलाई दायरामा ल्याउने प्रक्रिया सुरु […]
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रपाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् । स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । आज बिहानै एमाले, माओवादी र रास्वापा […]
काठमाडौं । सत्ता गठबन्धन भत्किने अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक राखेर आन्तरिक छलफल गरिहेका छन् । एमालेका अध्यक्ष केपी ओलीले बालकोटमा सचिवालयको बैठक राखेर छलफल गरेका छन् । उनले माओवादीसँग सत्ता बाँडफाँटमा भएका सहमतिका विषयमा नेताहरुलाई जानकारी गराएको बुझिएको छ । उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले […]
काठमाडौँ । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।
काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति जुटेसँगै नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो […]
काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित भएकाे छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताए […]
सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा सहभागी हुन भण्डारी आइतबार सुर्खेत पुगेकी हुन्। सोमबार सुर्खेत सिटीमा हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारीले गर्ने कार्यतालिका रहेको छ। वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको […]