काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरू गणतन्त्रका मूलधार भएको बताएका छन् । मण्डला थिएटर काठमाडौँको एउटै मञ्चबाट सम्बोधन गर्दै उनीहरूले नेपालमा चलेको दश वर्षे सशस्त्र युद्ध लाखौँ जनता सहभागी भएर लडिएको परिघटना भएको बताए । उनीहरूले आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेको हो । ओलीले सुवास नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसमा उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताएका हुन् । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै […]
मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महाँसचिव टिकाराम अधिकारीले आफ्नाे स्वीकृत नलिकन सचिवले अनाधिकृत बैठक बसाली नयाँ स्वघाेसित अध्यक्षकाे चयन गरेकाे भन्दै आपत्ति सहित प्रेस वक्तब्य जारी गरेका छन । दाेस्राे पक्ष राकेस प्रसाद महताे पक्षले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे […]
काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटस रिकभर भएको छ । एमाले प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि नाबालिकालाई बालमजदुरको रुपमा राखेर श्रम शोषण गरेकोबारे बालेनले फेसबुकमा लेखेका थिए । उनले बालश्रम शोषण गर्ने प्रदेश सांसद शर्मालाई कहिले पक्राउ गर्ने ? भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीलाई समेत जोडेर बालेनले स्टाटस […]
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालको प्रभाव र यसको सीमितताबारे आलोचनात्मक विचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफोलो गर्ने प्रवृत्तिको विरोध गर्दै उनले सामाजिक सञ्जालका फलोअर र स्टाटसले नेता वा प्रभावशाली व्यक्तिहरूको वास्तविक योग्यता र प्रभावको प्रतिनिधित्व नगर्ने मत राखेका हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् । मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ९७ हजार मात्र रहेका छन् । मेयर साहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै […]
काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् । एमालेबाट प्रदेश सांसद बनेकी सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको विषयमा बालेन र एमाले कार्यकर्ताबीच विवाद बढेपछि सोमबार बालेनले एक पोष्ट गर्दै प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुन् । बालेनले भनेका छन्- अहिले […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्री सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को द्वन्द्वको निम्तो दिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनी अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिमा असहमति जनाउँदै शेर्पालीले देशको प्रधानमन्त्रीलाई संविधान र कानुन बाहिर गएर बोल्ने […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव गरिरहेको छ । कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान अहिले भइरहेको जनाइएको छ । बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् । थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह […]