काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने निर्णय गरेकाे छ। नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति जुटेसँगै नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो […]
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे […]
काठमाडाैँ । देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कृषि क्षेत्र अन्तर्गत दूग्ध उत्पादक किसानहरू यतिबेला चौतर्फी आन्दोलनमा छन्। सरकारले दूग्ध उत्पादक किसानको माग सम्बोधन नगरेको तथा किसानहरूले दूध र दूग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न चासो नदिएको गुनासो छ। पछिल्लो एक वर्षमा लम्पी स्किन रोगका कारण ७५ अर्ब भन्दा बढीको क्षति […]
काठमाण्डौ : चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पुन निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावका कारण निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको छ। यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । […]
चितवन – भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन […]
काठमाण्डाै ः केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट भिडियो शेयरिङ एप टिकटक चलिरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको छ । साथै प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको वा टिकटक चलिरहेको भए इमेल गरी त्यस्तो इन्टरनेट सेवा प्रदायकको बारेमा जानकारी दिन पनि अनुरोध गरेको छ । टिकटकको माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै […]
धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएकाे छ । धनुषाको सबै नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको आज प्रधानमन्त्रीले शिलान्यास गर्नुभएकाे हाे। एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस […]
काठमाण्डौ – नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो । एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। विगत केही दिनदेखि नेपालमा याे प्रणालीकाे प्रभाव जारी छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावकै कारण बिहीबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकाे थियाे। यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको […]