मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) को समन्वयमा मलेसियामा बिचल्ली परेका ५ जना स्वदेश फिर्ता भएको छ। बिगत लामो समय देखि काम बिहिन भएर सडकमा बास भएका नेपालीहरुको उद्वार गर्ने क्रममा पि एन सी सी मलेसियाले पहिलो चरणमा ५ जना लाई स्वदेश फिर्ता पठाएको छ। स्वदेश फर्किनेहरुमा नवलपुरका दिनेश फेवाली मगर,तेह्रथुमका […]
काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्पाइकर रवि केसीलाई अब नेपाली दर्शकले कोर्टमा देख्न पाउने छैनन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशबाट खेल्ने २४ वर्षीय रवि दुई सातापछि जापान जाँदैछन् । काठमाडौंमा जारी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ उनको टिम गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले जितेको तीनै खेलमा कप्तान रवि […]
काठमाडौँ। राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजकले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिएकाे छ। शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ। हाफ म्याराथनको पुरुषमा १ हजार २६६ र […]
धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । महोत्तरीको बर्दिवासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनःगठन गरी सुदृढीकरण अभियान चलाउने बताए। लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन […]
बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो। कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पुर्याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब […]
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबिच भेटवार्ता भएको छ । दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक औपचारिक भेट भएकाे हो । संसद् सचिवालय सिंहदरवारमा भएको भेवार्तामा अध्यक्ष दाहाललाई सभामुख घिमिरे बधाई दिएका छन । दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन् ।
काठमाडौं । इन्टरनेटको तीव्र वृद्धिसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि उत्तिकै बढेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा याे वर्ष (२०८०) मा मात्रै साइबर अपराध सम्बन्धी ८,६२८ ओटा उजुरी परेका छन् । अन्य निकायहरूमा समेत अनलाइन तथा विद्युतीय अपराधसम्बन्धी घटना दर्ता हुने गरेका छन् । कसैलाई इन्टरनेटमा सामान्य लागेका कुराहरू साइबर अपराधमा जोडिएका हुन […]
काठमाण्डाै । बुधबार मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा फेरि समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको […]
काठमाण्डौ : एक महिनादेखि ठप्प भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने भएको छ । विभिन्न माग राख्दै स्थानीयबासिन्दाले सुरुङमार्ग निर्माणको काम रोकेका थिए । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र स्थानीयबासिन्दाबीच मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि आजदेखि सुरुङको काम शुरु हुने भएको हो । हिजोको वार्तामा मन्त्रालय र स्थानीयबीच […]
विराटनगर । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रातकाेस मयमा समेत खेल […]