काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच सोमबार भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् […]
काठमाडौं । फिल्म रावायणको छायाकंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो । सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ । उनीहरूसहित प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप […]
काठमाडौं । चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । उनले शनिबार निर्माण पक्षसँग सम्झौता गरेका हुन् । चलचित्रको मुख्य भूमिका मध्ये एकमा दिव्य देवको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् । अब्बल अभिनय क्षमता भएका उनलाई अनुबन्ध गर्न पाउँदा टिममा उत्साह बढेको सेनको भनाइ छ । छायाङ्कन अगावै सार्वजनिक भएको ‘बलिदान’को टिजरमा […]
काठमाडौं । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतमाथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइमा सहभागी थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा […]
काठमाडौं । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा नाल फुटेर बारूदको छर्रा लाग्दा पाँचथरमा एकजनाले ज्यान गुमाएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मनकुमार सिगुको आइतबार राति मृत्यु भएको छ । खेतबारीमा रोपिएको मकैबालीमा आउने बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मनकुमारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]
सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण […]
मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ। भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, […]
बारा:=समाजिक अभियन्ता , युवा नेता सनि गुप्ता संग सिम्रौनगढको विषय बारे कुरा गर्दा । सिम्रौनगढ बाटल यस्तो कुरा राख्नु भएको छ । सिम्रौनगढ को भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्ने मेरो ठम्याइ छ । सिम्रौनगढ मा मानव बस्ती ११ शताब्दी भन्दा पहिला देखिको छ । यसरी भन्नू पर्यो भने गुप्तकाल भन्दा पहिला देखिनै सिम्रौनगढमा […]
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र […]
काठमाडौँ, । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पु¥याउन केन्द्रित हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको […]