२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

समाचार

हिजाे-आज आफ्नाे सुचना हेर्न मात्र बत्ति दिन्छ, विधुत प्राधिकरण सुर्खेत

सुर्खेत : विरेन्द्रनगर सुर्खेतमा आज शनिबार विदाकाे दिन ,बत्ति विहानै ७ बजे जाने भनिएता पनि ७:२७ मा गएकाे छ । नेपाल विधुत प्राधिकरण सुर्खेत का अनुसार दिउँसो ३ बजे मात्रै बत्ति आउने छ ।   विरेन्द्रनगर सुखेर्तमा हिजाे आज अत्याधिक गर्मी बढीरहेकाेछ, तेसैमाथि हिजाे आज बारम्वार बत्ति जाने समस्याले जनजिवन कस्टकर बनेकाेछ । उता नेपाल […]

धनकुटा । काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज […]

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्। पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको हो। समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा यूएईका बलरसामु […]

सुर्खेत । चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदैछ । दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय […]

काठमाडौँ। एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने भएका छन्। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी […]

काठमाडौं। नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् । त्यसअघि तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट […]

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको […]

काठमाडौँ। एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्। जुनेद सिद्दीकीको बललाई खेल्न खोज्दा उनी सैय्यद हैदरवाद क्याच आउट भए। साउदी अरबविरुद्धको खेलमा पनि कुशलले खाता खोल्न सकेका […]

चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’ बिज्ञापन ४५ वर्षकी प्रनिता एकल महिला […]

सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विष्णु विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी […]