काठमाडौं । काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न एक आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ । खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । […]
ठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले ८८९ मतको अग्रता बनाएका छन् । नेम्वाङले ४०४९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३१६० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले १७०३ मत प्राप्त गरेका छन् । ताजा मत परिणाम सुहाङ नेम्वाङ […]
सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसारण लाइन र सबस्टेसन निर्माणमा नेपालले अर्को महत्वपूर्ण फड्को मारेको बताएका छन्। आइतबार मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्र जलविद्युत उत्पादन, प्रसारण र वितरण गर्ने आयोजनाहरूको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताएका हुन्। यी आयोजना निर्माणसँगै देशको […]
विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। मेलम्ची खानेपानी आयोजनामा अनियमितता सम्बनधी मुद्दामा विशेषले उपाध्यायसँग धरौटी रकम माग गरेको हो। उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए। खानेपानी मन्त्रालयका पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन्। गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसमेत १७ जनालाई […]
काठमाडौं । न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित÷प्रसारित भ्रामक समाचारले न्यायप्रणालीप्रतिकै आक्रमण भएको भन्दै आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । समाजका महासचिव टेक नारायण कुँवरद्धारा जारी विज्ञप्तीमा सीधाकुरा डटकम नामक अनलाईन टिभी ÷समाचारबाट भ्रष्टाचारका चारसय मुद्दा हराउने गोप्य डिल भन्ने शीर्षकमा गत बैशाख १४ गते प्रशारित र […]
काठमाडौं । नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । कीतिपुरस्थित टीयू मैदानमा आइतबारको खेलमा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल बनाउँदै हार व्यहोरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि […]
बझाङ उपचुनाव अन्तर्गत शनिबार सम्पन्न मतदानको गणना गर्न थालिएको छ। आइतबार दिउँसोदेखि मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्वदलीय बैठकको निर्णयपछि यहाँ मतगणना सुरु गरिएको हो। जिल्ला अदालतको भवनमा मतगणना सुरु भएको हो। मतगणनास्थलमा तारजाली निर्माण गर्नेदेखि सीसीटीभी जडानलगायत सम्पूर्ण तयारी गरिएको छ। मत गणना सुरु भएपछि चरण चरणमा परिणाम माइकिङ […]
काठमाडौँ। अन्तिम दुई ओभरमा आकाश चन्द र दीपेन्द्रसिंह ऐरीले सम्हालिएको बलिङ गर्न नसक्दा वेस्ट इन्डिज ‘ए’ ले ५ टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको हो। १८ ओभरको समाप्तिमा वेस्ट इन्डिजले ७ विकेट […]
काठमाडौं- । काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो । आगालगी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित आगो निभाउन पुगेको छ । महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली पनि उक्त आगो निभाउन खटिएका छन्।