०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८१ माघ ३ गते बिहिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, माघ ०३, २०८१

आज मिति वि. सं. : २०८१ माघ ३ गते बिहिबार

इ.सं. : 16th January 2025 (Thursday)

सूर्योदय: बिहान ६:५८ बजे

सूर्यास्त: बेलुका १७:३० बजे

तिथि : तृतीया २८:३० सम्म, तत्पश्चात् चतुर्थी

पक्ष : माघ कृष्णपक्ष

नक्षत्र : अश्लेषा १२:०८ सम्म, तत्पश्चात् मघा

योग : आयुष्मान् २६:१८ सम्म, तत्पश्चात् सौभाग्य

करण : वणिज १६:०५ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: कर्कट १२:०८ सम्म, तत्पश्चात् सिंह

ऋतु : शिशिर

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। पढाई लेखाईमा पनि आजको सामान्य छ । पारिवारिक जीवनमा असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाई तथा आफन्तबाट उचित सहयोग प्राप्त नहुन सक्छ । व्यापार व्यवसायमा उचित समय दिन नसक्नाले त्यसबाट नाफा नहोला । पारिवारिक जीवनमा असमझदारी बढ्न सक्ने भएकाले सतर्क रहनुपर्छ। विद्यार्थीले पढाईमा ध्यान दिनुपर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।। प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ । विद्यार्थीको पढाईमा पनि सफलता मिल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवाद तथा प्रतिस्पर्धामा आज विजय हुन कठिन रहेको छ । व्यापार व्यवसायमा गरिएको लगानिबाट नाफा कमाउन संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय खर्चिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी राम्रो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा पदोन्नति वा जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ । व्यवसाय गर्नेहरुले आफ्नो व्यवसाय बढाउने र राम्रो नाफा आर्जन गर्न सक्ने छन्। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाई, प्रेम तथा पारिवारिक क्षेत्र आज राम्रो रहन सक्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्छ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । मानसम्मान तथा प्रतिष्ठामा कमी आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाईको क्षेत्र कमजोर रहन सक्छ। गरिरहेको काममा ढिलासुस्ती हुन सक्छ र जसको कारणले आर्थिक समस्या हुन सक्छ। व्यवसायमा गरिएको लगानीले पनि उचित प्रतिफल नदिन सक्छ। पारिवारिक जीवनमा अविश्वासको वातावरण सिर्जना हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ। छोटो यात्रा हुन सक्ने योग पनि देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि आज दिन तथा समय राम्रो रहेको छ। लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]