०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

किन मनाईन्छ त ‘चैते दशैँ ‘ ? यस्ताे छ सास्कृतिक महत्व

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

तिथिगत हिसाबले प्राय चैत महिनामा पर्ने र चैत शुल्क अस्टमीका दिन मनाईने दशैँ तथा नवारात्रिलाई चैते दशैँ भनिन्छ । तर गत सालकाे चैते दशैँ २०८१ सालकाे बैशाख ४ गते परेकाे छ ।

असुर शक्ति माथि दैवीशक्तिको बिजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैँ हिन्दुधर्मालम्बीहरुले वर्षमा दुइ पटक मनाउने गर्दछन ।

असोज महिनामा हर्षउल्लासका साथ घरपरिवार र आफन्तजनको हातबाट आशिर्वाद थाप्दै बडा दशैँ मनाउने चलन छ ।

दशैँ अर्थात नेपालीहरुको महान चाड र नवरात्रीका रुपमा प्रसिद्ध यो चाड सास्कृतिक महत्व बोकेको पर्व हो । पुराना कथनहरुलाई मान्ने हो भने अशोज कार्तिकमा मनाउदै आइरहेको यो पर्व पहिले चैतमा मनाउने गरिन्थ्यो तर उक्त समयमा पानि नपर्ने, सुख्खा हुने र दशैमा खाइने मिस्ठान्न भोजन साथै हिडडुलका कारण मानिसहरु धेरै बिराम्री पर्न थाले पछी यसलाई अशोज कार्तिकमा सारियको र चैतमा मनाइने चैते दशैँ बडा दशैको प्रतिबिम्बको रुपमा मनाईन थालियको भन्ने मान्यता रहदै आएको पाइन्छ ।

बास्तबमा दशैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ तर नेपालमा भने अस्टमीका दिनमा दिईने बलिमा केन्द्रित रहन्छ ।

चैते दशैलाई सालकै अन्तिम पर्वको रुपमा मनाईने गरियको छ ।

दशैँ पर्वको अवसरमा नेपालका थुप्रै शक्ति पिठहरुमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ ।

साथै विभिन्न स्थानमा बलि दिने चलन पनि चली आएको पाईन्छ ।

मर्यादा पुरुष प्रभु श्री रामचन्द्र आफ्नो १४ बर्षे लामो बनबास सकाएर आजकै दिन अयोध्या फर्कनु भयको मान्यता रहदै आएको छ । आफ्नो श्रीमती सीताको इज्जत रक्षार्थ पापी रावणको दुस्साहस र असुरमुखी व्यवहार बाट संसारलाई जोगाउन भगवान रामले रावणको बध गर्नु भयको थियो । यसरि दुस्ट रावणको अन्त्य गर्नको लागि भगवान रामलाई दुर्गामाताले मद्धत गर्नु भयको थियो भन्ने मान्यता रहेका कारण आज दुर्गामाता सहित भगवान रामको पनि पुजा आराधना गर्ने चलन छ । यी सबै सिलसिला उनको १४ बर्षे बनाबासका बेलामा नै भयको थियो ।यसरि यस चाड विभिन्न मिस्ठान्न भोजन, विभिन्न देबी देवताको आराधना, एकार्कामा सुख-दुखका कुराहरु साटासाट गरि हर्सौल्लासका साथ मनाईने एक महत्वपूर्ण पर्व हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]