तिथिगत हिसाबले प्राय चैत महिनामा पर्ने र चैत शुल्क अस्टमीका दिन मनाईने दशैँ तथा नवारात्रिलाई चैते दशैँ भनिन्छ । तर गत सालकाे चैते दशैँ २०८१ सालकाे बैशाख ४ गते परेकाे छ ।
असुर शक्ति माथि दैवीशक्तिको बिजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैँ हिन्दुधर्मालम्बीहरुले वर्षमा दुइ पटक मनाउने गर्दछन ।
असोज महिनामा हर्षउल्लासका साथ घरपरिवार र आफन्तजनको हातबाट आशिर्वाद थाप्दै बडा दशैँ मनाउने चलन छ ।
दशैँ अर्थात नेपालीहरुको महान चाड र नवरात्रीका रुपमा प्रसिद्ध यो चाड सास्कृतिक महत्व बोकेको पर्व हो । पुराना कथनहरुलाई मान्ने हो भने अशोज कार्तिकमा मनाउदै आइरहेको यो पर्व पहिले चैतमा मनाउने गरिन्थ्यो तर उक्त समयमा पानि नपर्ने, सुख्खा हुने र दशैमा खाइने मिस्ठान्न भोजन साथै हिडडुलका कारण मानिसहरु धेरै बिराम्री पर्न थाले पछी यसलाई अशोज कार्तिकमा सारियको र चैतमा मनाइने चैते दशैँ बडा दशैको प्रतिबिम्बको रुपमा मनाईन थालियको भन्ने मान्यता रहदै आएको पाइन्छ ।
बास्तबमा दशैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ तर नेपालमा भने अस्टमीका दिनमा दिईने बलिमा केन्द्रित रहन्छ ।
चैते दशैलाई सालकै अन्तिम पर्वको रुपमा मनाईने गरियको छ ।
दशैँ पर्वको अवसरमा नेपालका थुप्रै शक्ति पिठहरुमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ ।
साथै विभिन्न स्थानमा बलि दिने चलन पनि चली आएको पाईन्छ ।
मर्यादा पुरुष प्रभु श्री रामचन्द्र आफ्नो १४ बर्षे लामो बनबास सकाएर आजकै दिन अयोध्या फर्कनु भयको मान्यता रहदै आएको छ । आफ्नो श्रीमती सीताको इज्जत रक्षार्थ पापी रावणको दुस्साहस र असुरमुखी व्यवहार बाट संसारलाई जोगाउन भगवान रामले रावणको बध गर्नु भयको थियो । यसरि दुस्ट रावणको अन्त्य गर्नको लागि भगवान रामलाई दुर्गामाताले मद्धत गर्नु भयको थियो भन्ने मान्यता रहेका कारण आज दुर्गामाता सहित भगवान रामको पनि पुजा आराधना गर्ने चलन छ । यी सबै सिलसिला उनको १४ बर्षे बनाबासका बेलामा नै भयको थियो ।यसरि यस चाड विभिन्न मिस्ठान्न भोजन, विभिन्न देबी देवताको आराधना, एकार्कामा सुख-दुखका कुराहरु साटासाट गरि हर्सौल्लासका साथ मनाईने एक महत्वपूर्ण पर्व हो ।