२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सरकार

कर्णाली प्रदेशमा रासायनिक विषादीमुक्त सप्ताह शुरु

काठमाण्डौ – कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह शुरु गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह शुरु गरेको हो । सप्ताहको शुरुवात गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताउनुभयो […]

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्नुहुने भएकाे छ । नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए । यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन […]

काठमाण्डाै:  नेकपा एमालेले शीर्ष वरीयताका नेता सरकारमा नपठाउँदा र जनता समाजवादी पार्टीले निर्णय नगर्दा नयाँ सत्ता गठबन्धनबारे विभिन्न शङ्का उठ्न थालेका छन् । विशेषगरी माओवादी र कांग्रेसको गठबन्धन फुटाएर सत्ताको खेलमा लागेको नेकपा एमाले ठूला र रोजेका मन्त्रालयविनै सरकारमा जानु र शीर्ष वरीयताका नेतालाई मन्त्री नबनाउनुले नयाँ गठबन्धनबारे शङ्का बढेको हो । नेकपा एमालेले गृह […]

काठमाडौँ । उत्कृष्ट कार्यसम्पादन गरेका कारण रेखा शर्मा पुनः संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । नयाँ समिकरणसँगै मन्त्रिमण्डल विस्तारसँगै शर्माले पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । शर्माले संचार मन्त्रालय समालेपछि एनसेल, यूटिएल, स्मार्ट सेलको काण्डमा सरकारको जित भएको छ । त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको मनपरीलाई दायरामा ल्याउने प्रक्रिया सुरु […]

काठमाडौं । नेकपा एकीकृत समाजवादीले  सरकारमा सहभागी हुने   निर्णय  गरेकाे छ। नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति जुटेसँगै नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो […]

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे […]

काठमाडाैँ । देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कृषि क्षेत्र अन्तर्गत दूग्ध उत्पादक किसानहरू यतिबेला चौतर्फी आन्दोलनमा छन्। सरकारले दूग्ध उत्पादक किसानको माग सम्बोधन नगरेको तथा किसानहरूले दूध र दूग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न चासो नदिएको गुनासो छ। पछिल्लो एक वर्षमा लम्पी स्किन रोगका कारण ७५ अर्ब भन्दा बढीको क्षति […]

काठमाण्डौ : चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पुन निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावका कारण निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको छ। यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । […]

चितवन – भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन […]