२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सरकार

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीकाे दावी पेस गर्ने आज अन्तिम दिन

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ । यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिनेछ । सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी […]

प्रजातन्त्र  (राप्रपा)ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा प्रदर्शन गरेकाे थियाे। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले […]

पोखरा : बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ । मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए […]

सुर्खेत:  यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ […]

काठमाण्डाै ः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध […]

काठमाडाैं ः सरकारले विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने तयारी गरेको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा […]

काठमाण्डाै ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्। नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको शुक्रबार स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उनले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताएका हुन्। ‘यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै’, उनले भने, ‘उक्त […]

काठमाडौं। नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। भेटकाक्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनु भएकाे छ। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भएकाे हाे । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो […]

काठमाण्डौ   :  एक महिनादेखि ठप्प भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने भएको छ । विभिन्न माग राख्दै स्थानीयबासिन्दाले सुरुङमार्ग निर्माणको काम रोकेका थिए । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र स्थानीयबासिन्दाबीच मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि आजदेखि सुरुङको काम शुरु हुने भएको हो । हिजोको वार्तामा मन्त्रालय र स्थानीयबीच […]