काठमाडौं । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सम्पन्न हुने उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरूसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए । सरकारी स्रोत सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण […]
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार मुख्यमन्त्री कँडेलले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको छ। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको छ। त्यस्तै एक मत तटस्थ रहेको थियो। ४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन्। त्यस्तै कर्णालीमा कांग्रेसका […]
सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरी सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्। त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश […]
काठमाडौं । धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको केन्द्रबिन्दु बनेको छ । स्टेनलेस स्टीलले बनेको प्रतीक्षालय धेरै सुन्दर देखिन्छ। अहिले सामाजिक सञ्जालमा यो तीन तले प्रतिक्षा कक्षको चर्चा चलिरहेको छ । प्रतीक्षालयलाई कम्पाउण्डमा परिणत गरिएको छ ।
महोत्तरी ः को मुस्लिम बस्तीका १५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्। बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन्। अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति […]
काठमाडौं । कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् । राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । यसैगरी सरकारी स्तरमा कला तथा संस्कृति, शिक्षा, युवा तथा खेलकुद, कानुनी निकायबीच सहकार्य र कूटनीतिक तालिमसम्बन्धी समझदारी […]
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्धिपक्षीय भेटवार्ता गरेका छन् । उनीहरुबीचको भेट काठमाडौंस्थित सोल्टी होटलमा भएको हो । अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच वान टु वान वार्ता चलिरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।
नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ। कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा […]
सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफल पछि मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो । जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास […]