२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

समाचार

बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि एनआरटीलाई

काठमाण्डौ ;  बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोलले हराउँदै एनआरटी च्याम्पियन बनेको हो । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन […]

काठमाण्डाै। मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप पारेकाे छ । उक्त टोलमा रहेका २२ वटा घर आगलागीका कारण जलेर नष्ट भएको स्थनिय  प्रहरीले जनाएको छ । आज दिउँसो दुई बजेतिर सुरु भएको आगलागी अहिले सम्म नियन्त्रण आइ नसकेको स्थानीयले बताएका छन् । टोलमा सन्थाल समुदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले […]

काठमाडौँ । संयुत्स तत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबनर बुझाएको  हाे  । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा। […]

मलेसिया ।  नेपालले  मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा  पराजत ब्यहाेरेकाे छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो । खेललाई ३५–३५ मिनेटमा विभाजन गरिएकाे  भने नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल […]

काठमाडौं, अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान ‘डीडीसी’ लाई रकम भुक्तानी दिने भएको छ ।अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा। रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका हुन् । हाल रकम भुक्तानी नपाएको भन्दै देशभरिका किसान आन्दोलित […]

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)श्यामलाल ज्ञवालीले पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताए । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको […]

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनकारि दिएकाे  छ।

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित आज पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्न सापकोटाले जानकारी दिनुभयाे। बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सचिव दीनानाथ शर्माले जानकारी दिनुभयाे ।

विराटनगर । नोबेल शिक्षण अस्पताल, विराटनगरमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको छ । शुक्रबार दिउँसाे विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा चन्द्रिकाकुमारीको शव विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताएका छन् । चन्द्रिकाकुमारी डेरा बसेको घरको कोठामा हत्या गरेर शव शौचालयमा फालिएको अवस्थामा भेटिएको दाहालले बताएका छन् […]

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग मलेसियाकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने  छ । अखिल नेपाल फुटबल […]