०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा

काठमाडौँ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी […]

मलेसिया : प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ । त्यसै गरि […]

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार तानसेन नगरपालिका ५ कैलाश नगरका २९ बर्षिय भुवन दर्लामीको मृत्यु भएको हो । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएको उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । सो घटनामा परी स्कुटर चालक तानसेन […]

काठमाडौं । भारतमा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज (एसएमएस फ्रेन्डशिप कप)मा नेपालले आज भारतको स्टेट टिम गुजरातसँग खेल्दैछ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् । यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ । नेपालले ओमानमा हुने एसिसि प्रिमियर कपको […]

सल्यान : सल्यानमा बर्षात सँगै चलेको हावाहुरीले एक स्वास्थ्य चौकीको छाना उडाएको छ । आज दिउसो ४ बजेतिर चलेको हावाहुरीले जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ स्थित सेजवालटाकुरा स्वास्थ्य चौकीको छाना उडाएको वडाअध्यक्ष किशोर कुमार हमालले जानकारी दिनुभयो । हावाहुरीले स्वास्थ्यचौकीको स्टोर र शौचालयको छाना उडाएको उहाँको भनाइ छ ।

मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका-१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि जोमसोम अस्पताल लगिएको […]

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार लागि पठाएको थियो। त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको अवस्था बाटोमै मृत्यु भएको […]

काठमाडौँ । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भयाे । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल–असवादले एक–एक गोल गरेका थिए । यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको […]

सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगिन्। रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदैछिन्। श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा […]

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । ‘स्थानीय महिलाहरू घाँस […]