२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

समाचार

रास्वपा कार्यकर्ताले घुसपैठको आरोपमा आफ्नै पार्टीका पालिका संयोजकलाई कुटे

पोखरा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आइतबार आफ्नै पार्टीका सदस्यलाई कुटपिट गरेका छन्, जसमा मादी गाउँपालिका संयोजक पदमराज पौडेल घाइते भएका छन्। पौडेलले आन्दोलनमा प्रहरीमाथि मिनरल पानीको बोतल फ्याँकेपछि साथीहरूले नै उनलाई ‘घुसपैठिया’ भन्दै निर्घात कुटपिट गरेको बताइएको छ। उनी अहिले घरमै आराम गरिरहेका छन्, जहाँ उनको ओठमा दुइटा टाँका लगाइएको र शरीरमा अन्यत्र […]

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) यतिबेला परिवारसहित बेलायतमा व्यक्तिगत भ्रमणमा व्यस्त छन् । यता धरानमा उनले कार्यवाहक मेयर तोकेको लिखित पत्र सोमबारदेखि बेवारिस बनेको छ । बेलायत भ्रमणमा जानुअघि उनले कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघाको साटो धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोके । उपमहानगरपालिकामा कानूनी सल्लाहकार हुँदाहुँदै परामर्श नै नगरी साम्पाङले […]

काठमाडौं, । विपक्षी दलका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । यसअघि दिउँसो ४ बजे सिंहदरबारमा गर्ने भनिएको भेटको समय र स्थानपनि सारिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय छ । प्रचण्ड जुम्लाबाट हिँडिसकेका छन् । […]

काठमाडौं। जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ ।महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । निषेधित क्षेत्रमा प्रदर्शन […]

काठमाडौं । कक्षा-१२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको आजको निर्णयानुसार परीक्षा नतिजा प्रकाशित गरेको हो। परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्। २ जनाको परीक्षाफल रद्द […]

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी एकताबद्ध भए ०६४ दोहोरिने बताएका छन् । ०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) झण्डै बहुमत सिटसहित पहिलो दल बनेको थियो । चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो […]

मलेसिया ।  मलेसिया सरकारले  मलेसियामा  कार्यरत सबै कामदारको न्युनतम पारिक्ष्रमिक “बेसिक सेलरी” बढाउने घोषणा गरेको छ । मलेसिया सरकारको प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका  श्री अनवर बिन इब्राहिमले यहीँ अक्टोबर १८ तारिख शुक्रवार देवान राकयात हल क्वालालम्पुरमा बसेको संसद बैठकमार्फत आगामी आर्थिक बर्षको लागि बजेट भाषण दिने क्रममा सबै निकायसंगको सहमतिमा यस्तो निर्णय पारित भएको […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने […]

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो। कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयको अनुरोधपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी […]