०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन ‘आदित्य एल वन’ निर्धारित गन्तव्यमा पुग्यो

Logo
एजेन्सि प्रकाशित शनिबार, पुष २१, २०८०

काठमाण्डौ – भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साविकको ट्वीटर अर्थात सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराउनुभएको हो । उहाँले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताउनुभएको छ ।

 

चार महिनाअघि अर्थात् गएको सेप्टेम्बर २ मा प्रक्षेपण गरिएको आदित्य–एल वान् पृथ्वीबाट झण्डै १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

एल वान् पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । त्यहाँ रहेको वस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन् । आफू अडिने स्थानमा पुगेको आदित्य–एल वानले अब पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ । यो बिन्दुबाट सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ ।

 

आदित्यले गर्ने सूर्यको अवलोकन र अध्ययनबाट वैज्ञानिक बुझाइ अझै परिष्कृत हुने र सौर्यमण्डलमा सूर्यको भूमिका बारेको बुझाइ पनि सुदृढ हुने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

 

यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]