०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन ‘आदित्य एल वन’ निर्धारित गन्तव्यमा पुग्यो

Logo
एजेन्सि प्रकाशित शनिबार, पुष २१, २०८०

काठमाण्डौ – भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साविकको ट्वीटर अर्थात सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराउनुभएको हो । उहाँले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताउनुभएको छ ।

 

चार महिनाअघि अर्थात् गएको सेप्टेम्बर २ मा प्रक्षेपण गरिएको आदित्य–एल वान् पृथ्वीबाट झण्डै १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

एल वान् पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । त्यहाँ रहेको वस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन् । आफू अडिने स्थानमा पुगेको आदित्य–एल वानले अब पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ । यो बिन्दुबाट सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ ।

 

आदित्यले गर्ने सूर्यको अवलोकन र अध्ययनबाट वैज्ञानिक बुझाइ अझै परिष्कृत हुने र सौर्यमण्डलमा सूर्यको भूमिका बारेको बुझाइ पनि सुदृढ हुने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

 

यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ७ गते बुधबार इ.सं. : 21th January 2026 (Wednesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३४ बजे तिथि : तृतीया २६:२१ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : माघ शुक्लपक्ष नक्षत्र : धनिष्ठा १४:०९ सम्म, तत्पश्चात् शतभिषा योग : व्यतीपात १९:२८ सम्म, तत्पश्चात् वरियान् करण : तैतिल १४:३२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]