२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
×

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले पनि गर्याे ‘गौरा पर्वकाे कार्यक्रम स्थगित

Logo
Heronepal-Tv प्रकाशित आइतबार, भाद्र १४, २०८३

क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आगामी ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको ‘गौरा पर्व–२०२६ विशेष कार्यक्रम’ स्थगित गर्ने निर्णय गरेको छ।

समाजले २९ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको विषम तथा असहज परिस्थितिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको जनाएको हो।

विशेषगरी रसुवा लगायतका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, वर्तमान विपद्को परिस्थितिलाई मध्यनजर गरी गौरा पर्व विशेष कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

समाजले उक्त निर्णयबारे सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगी, शुभेच्छुक तथा मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी गराएको छ।

विज्ञप्तिमा विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै अर्को आधिकारिक सूचना जारी नभएसम्म गौरा पर्व–२०२६ सम्बन्धी सम्पूर्ण कार्यक्रम तथा तयारीका गतिविधिहरू स्थगित रहने स्पष्ट पारिएको छ।

कार्यक्रमको नयाँ मिति, समय तथा स्थानबारे परिस्थितिको मूल्याङ्कन गरी केन्द्रीय समितिको निर्णयअनुसार पछि आधिकारिक सूचना प्रकाशित गरिने समाजले जनाएको छ। साथै, यस सम्बन्धमा अन्य कुनै अनौपचारिक सूचना वा हल्लामा विश्वास नगरी समाजबाट जारी हुने आधिकारिक सूचनालाई मात्र आधार मान्न आग्रह गरिएको छ।

कार्यक्रम स्थगित गर्ने निर्णयप्रति समाजका अध्यक्ष **दिनेश खड्का ‘खप्तडी’**ले सम्पूर्णमा क्षमायाचना गर्दै विपद्को यस दुःखद घडीमा नेपालमा बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्नुभएको छ।

समाजले विपद्मा परेकाहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाको कामना गर्दै आगामी दिनमा पनि सबैको निरन्तर साथ, सहयोग, सद्भाव र समझदारीको अपेक्षा गरेको छ।

Screenshot

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]