०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा भव्य ‘गौरा पर्व विशेष कार्यक्रमकाे आयोजना

Logo
Manoj Dashaundi प्रकाशित मंगलबार, भाद्र ०९, २०८३

क्वालालम्पुर, मलेसिया — सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।

सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ।

आयोजकका अनुसार कार्यक्रममा माननीय दीपक बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने नेपाल राजदूतावास, मलेसियाको विशेष उपस्थिति रहनेछ। कार्यक्रममा राष्ट्रिय कलाकार जे. आर. भट्टसहित मलेसियामा रहेका स्थानीय तथा प्रतिभाशाली कलाकारहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।

मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अझ मजबुत बनाउँदै सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष **दिनेश खड्का ‘खप्तडी’**ले जानकारी दिनुभयो।

सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान झल्काउने यस विशेष कार्यक्रममा मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुका साथै सहयोग र सहभागिताका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]